चार दलका नेतालाई बानको पत्र

118
  •  
  •  
  •  

काठमाडौं २८ पुस ।
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले लोकतान्त्रिक र समावेशी संविधान मिलेरै (क प्रोमाइजबाट) ल्याउन प्रमुख चार दलका नेतालाई छुट्टाछुट्टै पत्र लेखेका छन्।
एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई एउटै बेहोराको पत्र लेख् दै महासचिव बानले नेपालको संविधान निर्माणबारे समयमै निर्णय हुने आशा राखेका छन्।
आइतबार नेताहरूलाई बुझाइएको पत्रमा भनिएको छ, ‘देशको बृहत्तर हितलाई ध्यानमा राखेर समावेशी र लोकतान्त्रिक संविधान समयमै ल्याउने आशा गरेको छु।’ उनले यसबारेमा भइरहेका प्रयासलाई नजिकबाट हेरिरहेको जानकारी पनि नेताहरूलाई दिएका छन्।
उनले माघ ८ भन्दाअगाडि थोरै समयमात्र बाँकी रहेकोमा आफू सचेत रहेको बताएका छन्। दलहरूले संविधान ले न गरेको प्रयास बुझ्न उपमहासचिव जेफ्री फायरम् यानलाई नेपाल पठाउन लागेको जानकारी पन उनले नेताहरूलाई दिएका छन्।
यसअघि प्रधानमन्त्री सुशील कोइरालालाई एक पत्र लेख् दै नेपालको संविधान लेखन प्रक्रियामा भइरहेका प्रगतिबारे उनले चासो राखेका थिए।
यसैबीच राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका निर्देशक मारियामासिता आइतबार नेपाल आइपुगेकी छन्। उनले परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदाश बैरागीसँग भेट गरिन्।
अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •