सार्कमा मोदीलाई सर्वाधिक सुरक्षा ‘थ्रेट’

404
  •  
  •  
  •  

काठमाडौं १४ कात्तिक :दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मोलनको सुरक्षाका लागि गृहमन्त्रालयले तयारी थालेको छ । आतंकवादी घुसपैठलाई सुरक्षा निकायले चुनौतीका रुपमा औल्याएका छन् ।

आठ देशका राष्ट्रप्रमुखहरुमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै थ्रेट रहेको जनाउँदए्ै सुरक्षा निकायहरुले त्यहीअनुसार तयारी थालेका छन् । खुला सिमानाका कारण भारतीय मुजाहिद्दिनलगायतका समूहको ‘थ्रेट’ हुनसक्ने रिपोर्टका आधारमा गृह मन्त्रालयले तयारी थालेको हो ।

गृहमन्त्रालयका प्रबक्ता लक्ष्मीप्रसाद ढकालले सार्क शिखर सम्मेलनमा सुरक्षा महत्वपूर्ण भएकाले सोही अनुसार तयारी भइरहेको बताए । सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले सीमादेखि होटलसम्म चेकिङमा कडाई गरेको छ । उच्च सुरक्षा स्रोतका अनुसार सम्बन्धित दूतावासका अधिकारीहरुसँग नियमित छलफल गरेर सुरक्षा थ्रेटको मूल्यांकन भइरहेको छ ।

  नयाँ पत्रिक दैविनबाट

  •  
  •  
  •