मोदीले गरे नेपाली भाषामा संवोधन, नेपाली नेताको हिन्दीमा प्रतिक्रिया

481
  •  
  •  
  •  

काठमाडौं,१८ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा नेपाली भाषामा संवोधन गरेका छन् । संवोधनको सुरुवात लिखित नेपाली मन्तव्य बाट गरेका हुन् ।

‘म नेपाल आउन पाउँदा हर्षित छु, धेरै बर्ष पहिले तीर्थालुको रुपमा नेपाल आएको थिए, ‘मोदीले नेपाली भाषामै भने,‘सुन्दर देशमा फेरि फर्केर आएको छु, भारतीय प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउदा मैले भाग्यमानी महसुश गरेको छु ।’

modi in parliament of nepalमोदीले नेपाली भाषामा संवोधन गरेकोमा सभासद्हरुले तालीले स्वागत गरेका थिए । मोदीले नेपाली भाषामै भने,‘प्रधानमन्त्री नरेन्द्र मोदीको रुपमा मात्र होइन, सवा करोड भारतीयको माया, शुभकामना र सद्भाव लिएर आएको छु ।’

मोदीले नेपाल भारत सम्बन्ध ‘हिमालय र गंगा’को जस्तै पुरानो हो । मोदीले नेपाली भाषाम संवोधन गरेपनि नेपालका नेताहरुले भने हिन्दी भाषामा प्रतिक्रिया दिएका थिए । पूर्बप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले भारतीय मिडियालाई हिन्दीमा प्रतिक्रिर्या दिएका हुन् ।

दाहालले हिन्दी र अग्रेजी मिश्रित प्रतिक्रिया दिएकोमा नेपाली पत्रकारले ‘भारतीय प्रधानमन्त्रीले नेपालीमा बोल्दा तपाईहरु किन हिन्दीमा ?’ भनेर प्रश्न गरेका थिए । दाहालले नेपाली पत्रकारलाइ कुनै प्रतिक्रिया दिएनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदमा संबोधन गरेका छन् । सम्बोधनमा मोदीले नेपालको सडक र विद्युत विकासका लागि १० हजार करोड नेपाली रुपैंया सहयोगको घोषणा गरे । संविधानसभाको समेत दायित्व निर्वाह गर्ने नेपालको व्यवस्थापिका–संसदमा पहिलोपटक विदेशी प्रधानमन्त्रीका रुपमा मोदीले सम्बोधन गरेका हुन् ।
०४६ मा नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना पछि संसदमा सम्बोधन गर्ने मोदी पहिलो विदेशी सरकार प्रमुख हुन् ।
सुरुमा नेपालमा सम्बोधन गरेका मोदीले हिन्दीमा परिवर्तन गरेका थिए । मोदीले नेपाललाई बुद्ध जन्मिएको देश भनेर प्रशंषा गरे । मोदीले नेपालमा प्रचुर संभावनारहेको भन्दै नेपाललाई सधैं सहयोग गर्ने बताए । उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले समयमै संविधान बन्ने विश्वास व्यक्त गरे । ‘भगवान गौतम बुद्ध जन्मेको देशमा विचारको कमी हुने प्रश्नै आउँछैन, सम्बोधनका क्रममा मोदीले भने, ‘विश्वलाई अचम्मित बनाउने भगवान बुद्धलाई जन्माउने देश नेपाल हो ।’
मोदीले नेपाल र भारतबीच अटुट नाता रहेको उल्लेख गर्दै यसलाई कागजमा मात्र सिमित बनाउन नहुनेमा जोड दिए । उनले नेपाल सांस्कृतिक विरासतको धनी देश भएको उल्लेख गरे । भारतीय संचारमाध्यमहरुले बुद्ध भारतमा जन्मेको दाबी गरेपनि भारतीय प्रधानमन्त्रीले भने बुद्ध नेपालमा जन्मिएका र बुद्धलाई जन्माउने देश नेपाल महान भएको बताए । मोदीले सम्बोधन गरिरहँदा सभासदहरुले ताली बजाइरहेका थिए । मोदीले नेपाल जलस्रोतमा निकै धनी भएको तर्क गर्दै भारतको अन्धकार हटाउने क्षमता नेपालसँगमात्र रहेको बताए । उनले भारत नेपालबाट विजुली किन्ने समेत बताए ।

बुद्ध नेपालमा जन्मिएका हुन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमा जन्मिएका बताएका छन् । गौतम बुद्ध भारतमा जन्मिएको भनेर कतिपय भारतीय लेखकले अफवाह फैलाएका थिए । नेपालको संसदमा संवोधन गर्दै प्रधानमन्त्री मोदीले बुद्ध नेपालमा जन्मेका दोहो¥याएका हुन् । मोदीले विश्व शान्तिका अग्रदूत बुद्ध नेपालमा जन्मेका बताउँदा संसदमा सभासद्हरुले ताली बजाएका थिए । आगामी नोभेम्बरमा आफू नेपालमा आउदा लुम्बिनीको भ्रमण गर्ने मोदीले बताए । मोदीले भारतीय पर्यटक मन शान्त बनाउन लुम्बिनीमा आउने बताए ।

पञ्चेश्वर कार्यान्वयन एक बर्षमै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाकाली सन्धी अन्तरगत पञ्चेश्वर आयोजना निर्माणको कामलाइ तीब्रता दिने बताएका छन् । नेपालको संसदलाइ संवोधन गर्दै प्रधानमन्त्री मोदीले एक बर्ष भीत्र पञ्चेश्वरको काम अगाडी बढ्ने बताएका हुन । ‘पञ्चेश्वर बन्र्यो भने नेपालमा अहिलेको भन्दा पाँचौ गुना धेरै बिद्युत हुनेछ, यो चानचुने कुरा होइन, उनले भने ।’ उनले नेपालको जलस्रोतको प्रचुर संभावना रहेको भन्दै त्यसको सदुपयोग मार्फत आर्थिक विकास हुने बताए । ‘पानी र जवानी’ पहाड जस्तो नभएको उल्लेखगर्दै यसलाइ सदुपयोग गर्नुपर्ने बताए । मोदीले आगामी दश बर्षमा नेपालको बिद्युतले भारतको अध्यारो हटने बताए । नेपाल भारतबीच महाकाली सम्झौताको झण्डै १७ बर्षपछि भारतीय पक्षवाट पञ्चेश्वर कार्यान्वयनमा सकारात्मक प्रतिक्रिर्या आएको हो ।

मोदीले गरे नेपाली भाषामा संवोधन, नेपाली नेताको हिन्दीमा प्रतिक्रिया
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा नेपाली भाषामा संवोधन गरेका छन् । संवोधनको सुरुवात लिखित नेपाली मन्तव्य बाट गरेका हुन् । ‘म नेपाल आउन पाउँदा हर्षित छु, धेरै बर्ष पहिले तीर्थालुको रुपमा नेपाल आएको थिए, ‘मोदीले नेपाली भाषामै भने,‘सुन्दर देशमा फेरि फर्केर आएको छु, भारतीय प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउदा मैले भाग्यमानी महसुश गरेको छु ।’
मोदीले नेपाली भाषामा संवोधन गरेकोमा सभासद्हरुले तालीले स्वजागत गरेका थिए । मोदीले नेपाली भाषामै भने,‘प्रधानमन्त्री नरेन्द्र मोदीको रुपमा मात्र होइन, सवा करोड भारतीयको मायाँ, शुभकामना र सद्भाव लिएर आएको छु ।’
मोदीले नेपाल भारत सम्बन्ध ‘हिमालय र गंगा’को जस्तै पुरानो हो । मोदीले नेपाली भाषाम संवोधन गरेपनि नेपालका नेताहरुले भने हिन्दी भाषामा प्रतिक्रिया दिएका थिए । पूर्बप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले भारतीय मिडियालाई हिन्दीमा प्रतिक्रिर्या दिएका हुन् । दाहालले हिन्दी र अग्रेजी मिश्रित प्रतिक्रिया दिएकोमा नेपाली पत्रकारले ‘भारतीय प्रधानमन्त्रीले नेपालीमा बोल्दा तपाईहरु किन हिन्दीमा ?’ भनेर प्रश्न गरेका थिए । दाहालले नेपाली पत्रकारलाइ कुनै प्रतिक्रिया दिएनन् ।

‘विजुली किन्न चाहान्छौ, निशुल्क होइन’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले विजुलीकिन्न चाहेको बताएका छन् । भारतवाट प्रस्तावित बिद्युत व्यापार सम्झौताको चर्चा चलिरहेको समयमा मोदीले भारतले विद्युत किन्न चाहेको बताएका हुन् । मोदीले ‘पानी र जवानी’ पहाड जस्तो नभएको किस्सा सुनाउदै नेपालले बिद्युत बेचेर समृद्धि हासिल गर्न सक्ने बताएका हुन् । ‘अहिले नेपालले व्यहोरिरहेको लोडसडिङ हामी हटाइदिन्छौ, दश बर्षपछि नेपालले भारतको अध्यारो हटाउने छ’ संवोधनमा उनले भने । नेपालमा जन्मेका बुद्धले विश्वभरका जनताको मनको अध्यारो हटाएको स्मरणगर्दै मोदीले नेपालको बिजुलीस्ले भारतको अध्यारो हटने विश्वास गरे । उनले नेपालको प्रशारण लाइन बिस्तारमा सहयोग गर्ने बताए ।

लोकतन्त्रको आबरणमा माओवादीलाई पेले मोदीले
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई संवोधन गर्दा कयांै पटक एकीकृत माओवादीलाई ‘पेलेर’ छन् । ‘बुलेटमा विश्वास गर्ने शक्ति शास्त्र’मा विश्वास गर्न थालेको भन्दै मोदीले कयांै पटक माओवादी सशस्त्र जनयुद्धको औचित्य माथि प्रश्न उठाएका हुन । ‘नेपालको संविधानसभा सशस्त्र संघर्षमा विश्वास गर्ने शक्तिलाई रुपान्तरण गर्ने थलो हो, यो प्रयोग सफल भयो भने सशस्त्र संघर्षमा विश्वास गर्नेहरु पुर्नबिचार गर्नेछन’ मोदीले भने ।
‘बुलेटमा विश्वास गर्नेहरु ब्यालेटमा’ विश्वास गर्न थालेको भन्दैगर्दा कांगे्रस एमालेका सभासदहरुले ताली बजाएका थिए भने एमाओवादी सभासदको अनुहारमा खिन्नता देखिन्थ्यो । यस बिषयमा भारतीय पत्रकारहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिक्रिया मागेका थिए, जवाफमा दाहालले भने–‘नेपालको शान्ति प्रक्रियाको अप–डाउन बारे मोदी जानकार हुनुहुन्छ, यसबारे बृस्तृतमा भोली कुरा गर्छु ।’ नेपाली कांगे्रसका एकजना सभासदले मोदीले माओवादीलाई सबक सिकाएको प्रतिक्रिया जनाए । ‘लोकतन्त्रप्रति आस्था राख्ने विश्वका सबैको ध्यान नेपालको संविधानसभा प्रति छ, मोदीले भने–नेपालमा संविधान बने हिंसामा विश्वास गर्नेले पुर्नबिचार गर्नेछन् ।’ संविधान लेख्दा हुने सानो लापरवाही भोलीको दिनमा ‘बिष बृक्ष’को रुपमा मौलाउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरे । मोदीले समावेशी संविधान निर्माणमा जोड दिएका छन । ‘संविधान सर्बजन हिताय र सर्बजन सुखाए हुनुपर्छ, उनले भने–पहाड वा तराई, पढलेख वा अनपढ, किसान सबैले अपनत्व गर्ने खालको हुनुपर्छ ।’
मोदीको भाषण ‘एक्सक्लुसिभ’
नेपालका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई गरेको संवोधनलाई सकारात्मक भएको प्रतिक्रिया जनाएका छन् । संवोधन पछि संसद परिसरमा पत्रकारहरुसंग कुरागर्दै नेताहरुले मोदीको संवोधन मर्मस्पर्सी भएको बताएका हुन् ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मोदीको भाषण ‘मर्मस्पर्सी’ भएको प्रतिक्रिर्या दिए । ‘नेपालको शान्ति प्रक्रिर्यालाइ मोदीले युनिक भन्नु भएको छ, उनले भने–संविधान निर्माणप्रति उहाँको सकारात्मक धारणा पाए ।’ नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले मोदीको संवोधन ‘एक्सक्लुसिभ’ भएको प्रतिक्रिर्या दिए । ‘मोदीको संवोधनवाट म एकदमै प्रभावित छु, मोदीले नेपालको संविधान निर्माण प्रक्रिर्याप्रति ऐक्यबद्धता जनाउनु भएको छ ।’ एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराईले नेपालको संविधान निर्माण प्रक्रिर्यामा जनाएको प्रतिबद्धता महत्वपूर्ण रहेको प्रतिक्रिर्या दिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणका आइतवार काठमाडौं आइपुगेका हुन् । मोदीलाई प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
मोदीको सम्मानमा नेपाली सेनाको टुकडीले १९ तोपको सलामी दिएको थियो । त्यस अवसरमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो । मोदीले नेपाल बसाईको क्रममा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री कोइराला, सभामुख नेम्वाङ, परराष्ट्रमन्त्री पाण्डे, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उद्योगपति एवम् व्यापारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 


  •  
  •  
  •