‘मोदीको भाषण ‘एक्सक्लुसिभ’

262
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (ओएनएस) :नेपालका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई गरेको संवोधनलाई सकारात्मक भएको प्रतिक्रिया जनाएका छन् । संवोधन पछि संसद परिसरमा पत्रकारहरुसंग कुरागर्दै नेताहरुले मोदीको संवोधन मर्मस्पर्सी भएको बताएका हुन् ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मोदीको भाषण ‘मर्मस्पर्सी’ भएको प्रतिक्रिर्या दिए । ‘नेपालको शान्ति प्रक्रिर्यालाइ मोदीले युनिक भन्नु भएको छ, उनले भने–संविधान निर्माणप्रति उहाँको सकारात्मक धारणा पाए ।’

नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले मोदीको संवोधन ‘एक्सक्लुसिभ’ भएको प्रतिक्रिर्या दिए । ‘मोदीको संवोधनवाट म एकदमै प्रभावित छु, मोदीले नेपालको संविधान निर्माण प्रक्रिर्याप्रति ऐक्यबद्धता जनाउनु भएको छ ।’ एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराईले नेपालको संविधान निर्माण प्रक्रिर्यामा जनाएको प्रतिबद्धता महत्वपूर्ण रहेको प्रतिक्रिर्या दिए ।


  •  
  •  
  •