शनिबारसम्म मौसममा बदली रहने, हिमाली भेगमा हिमपातको सम्भावना

308
  •  
  •  
  •  

काठमाडौँ, १७ पुस (ओएनएस) : पश्चिमी भू–मध्यसागरबाट उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण बिहिबार मौसम बदली भई उपत्यकासहित देशभर चिसो बढेको छ । यो क्रम अझै दुई दिन सम्म रहने संभावना छ ।

न्यून चापीय क्षेत्रको बादल सिरिया, इरान, अफगानिस्तान र भारतको जम्मु, काश्मिर तथा उत्तराखण्ड हुँदै नेपालको पश्चिमी भेगबाट अघि बढकाले नेपालको पूर्वका केही भेगबाहेक अधिराज्यभर प्रभाव परेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उक्त वायुसँगै अरब सागर र नेपालको पश्चिम भेगको वायुमण्डलमा न्यून चापीय क्षेत्रमा बादल र जलवाष्पयुक्त हावा आएकाले मौसम बदली भएको पौडेलको भनाई छ ।

मौसम बदलीसँगै बिहिबार उपत्यकामा छिटफुट तथा पश्चिमी भेगमा हल्का वर्षा भएको छ । अझै दुई दिनसम्म मौसम बदली हुने र पश्चिमका हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

बिहिबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


  •  
  •  
  •