काठमाडौं एयरपोर्टको रन वेमा बाँदर दौडेपछि.‍‍‍..(फोटो फिचर)

374
  •  
  •  
  •  

काठमाडौं २९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडाउन र अवतरण गराउन भ्याइनभ्याइ भएका बेला बाँदरको एक हुल धावनमार्गमै छिर्यो‍ । सानादेखि ठूला करिब १५ वटा बाँदरको हुल विमानस्थलको तारघेरा नाघ्दै विमानस्थलको अतिसंवेदनशील मानिने धावनमार्गमै पुगेर यताउता दौडन थाले ।
ठूला तथा साना जहाज उड्ने र अवतरण गर्ने क्रम जारी रहेका बेला विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीदेखि कर्मचारीलाई बाँदर लखेट्न भ्याइनभ्याइ भयो ।
धावनमार्गमा अचानक छिरेका बाँदर धपाउन कोही कर्मचारी गुलेली लिएर तम्तयार थिए भने केही कर्मचारी धावनमार्गमै बाँदरको रमिता हेर्दै बसेका थिए । कडा सुरक्षा भएको भनिएको विमानस्थलको धावनमार्गसम्मै बाँदर उफ्रँदै पुगेपछि विमानस्थलको सुरक्षा मजबुतीमा समेत प्रश्न उठेको छ ।
विमानस्थल नजिकैको वनकाली क्षेत्रबाट विमानस्थलबाट छिरेका बाँदर उफ्रँदै विमानस्थलको टर्मिनल र कार्यालय भवनमा समेत चढ्न भ्याए । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •