एमाले दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने

58
  •  
  •  
  •  


चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनमा सहभागी हुने पार्टीका नेता तथा कार्यकर्ताहरुमा लैंगिक संवेदनशिलता प्रस्तुत गर्न नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले अनुरोध गरेको छ ।
संघले महाधिवेशनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता हुने भएकाले महिलाहरुमाथि कुनै पनि खालको दुव्र्यवहारका साथै लैंगिक हिंसाका घटना हुन नदिनको लागि संयमता अपनाउन अपिल गरेको हो । संघको प्रचार विभाग प्रमुख शर्मिला कार्कीले नारायणी नदी किनारमा हुने दशौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा त्यस्ता लैंगिक हिंसा तथा दुव्र्यवहारका घटनाको जोखिम हुनसक्ने भएकाले अनेमसंघले निगरानी समेत गर्ने जानकारी दिइन् ।
‘हाम्रो पार्टी लैंगिक समता र संवेदनशिलतालाई आत्मसात गर्ने पार्टी हो, कार्कीले भनिन्, ‘यस पार्टीका कार्यकर्ताबाट त्यस्ता असंवेदनशिल घटना हुँदैन भन्नेमा हामी ढुक्क छौँ, यद्यपि जनसमूदायको लहरमा त्यस्तो घटना हुनसक्ने जोखिम भएकोले संवेदनशिल हुन अपिल गर्दर्छौँ ।’ अनेमसंघले आजबाट सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा समेत शुभकामना व्यक्त गर्दै सार्वजनिक रुपमा हिंसामाथि प्रतिकार गर्न र हिंसा नगर्न नगराउन सबैसँग अनुरोध समेत गरेको छ ।


  •  
  •  
  •