वेस्टर्न युनियनद्धारा पैसा दोब्बर योजना प्रस्तुत

400
  •  
  •  
  •  

काठमाडौं, २ असार (ओएनएस) : वेस्टर्न युनियन मनि ट्रान्सफरले नेपालमा आफ्नो २०औं वार्षिक उत्सवको अवसर पारेर ग्राहकले आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्न सक्ने विशेष साप्ताहिक प्रर्वद्धन योजना प्रस्तुत गरेको छ । २० हप्ते प्रर्वद्धन योजनाको अवधिभरि १० लाख रुपैंयासम्मको कुल २० वटा पुरस्कार जित्न सकिने छ । हरेक हप्ता वेस्टर्न युनियन एमटीसीएन कोडबाट लक्की ड्र गरिने र ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिइने बताईएको छ ।

नोभेम्बर १ तारिखसम्म संचालन हुने योजनामा अधिकतम ५० हजार वा आफुले पाएको रकम बराबरको रकम मध्ये जुन कम हुन्छ त्यही उपहारमा दिइने कम्पनिले जानकारी दिएको छ ।साउथ एशियाका लागि कम्पनिका रिजनल भाइस प्रेसिडेन्ट किरण सेट्ठीले ग्राहकलाई रकम छिटो, भरपर्दो र प्रभावकारी ढंगले परिचालन गर्दै ग्राहकको घर परिवारको आवश्यकताको ख्याल राख्ने मूख्य उद्देश्य कम्पनिको रहेको बताए ।
वेस्टर्न युनियन १९९३ देखि नेपालमा कार्यरत रहेको छ । नेपालका ७५ जिल्लाहरुमा ६ हजार भन्दा बढी एजेन्ट लोकेसनहरु रहेको तथा विभिन्न बैक, रिटल र फाइनान्स सेवा प्रदायक कम्पनीमार्फत सेवा संचालन गर्दै आएको जनाएको छ । २०१३ मा पनि कम्पनिले मोबाइल फोनमा आधारीत मनि ट्रान्सफर सेवा प्रारम्भ गरेको थियो जसले नेपालमा सेवा वालेट एकाउन्ट भएका ग्राहकहरुलाई वेस्टर्न युनियन मनि हस्तान्तरण कारोवार मार्फत आफ्नो मोबाइल एकाउन्टमा क्रेडिट गर्न सक्नेछन् ।
२०१३ मा वेस्टर्न युनियनले संसारभरी ग्राहकसंगको कारोवारका लागि २४ करोंड २० लाख ग्राहक संख्या पूरा गरेको थियो, ग्राहकहरुको बीचमा ८२ अर्व डलर रकम परिचालन गरेको थियो र ४५ करोंड ९० लाख विजनेस पेमेन्ट प्रदान गरेको थियो ।


  •  
  •  
  •