नक्कली भारुको बजार बन्दै नेपाल

175
  •  
  •  
  •  

काठमाडौं १० जेठ ।
नक्कली भारुको कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई आफ्नो नयाँ बजार बनाउन थालेको छ । यसअघि नेपाल नक्कली भारु तस्करीमा ट्रान्जिट रुपमा मात्र हुने गरेकोमा ६ महिनायता कारोबार पनि हुने गरेको छ ।

प्रहरीले ठूलो मात्रामा नक्कली भारुसहित दुईवटा गिरोहलाई पक्राउ गरी अनुसन्धान गर्दा नेपाली बजारमा ठूलो मात्रामा नक्कली भारु फैलिएको खुलेको हो । करिब ५५ लाख नक्कली भारुसहित प्रहरीले दुई साता लामो अप्रेसनमा काठमाडौं तथा तराईबाट सातजनालाई पक्राउ गरेको हो । उनीहरले एक करोडभन्दा धेरै भारु नेपाली बजारमा फैलाइसकेको खुलेको हो ।

नक्कली भारुको छपाइ तथा तस्करी गर्ने पाकिस्तानि समूहले नक्क्ली डलरको पनि कारोबार सुरु गरेको छ । प्रहरीले ३५ लाख नक्कली भारु बरामद गरेको समूहबाट १९ हजार अमेरिकी डलरसमेत बरामद गरेको छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •