गर्भवती भएको थाहा पाएकै १ घण्टामा जन्मियो बच्चा

270
  •  
  •  
  •  

mom who doesnt know about her pregnencyकाठमाडौ, १६ माघ(एजेन्सी) : गर्भवती भएको थाहा भएको करिब १ घण्टाभित्रै एक महिलाले बच्चालाई जन्म दिएकी छिन् । अमेरिकी निवासी क्याथरिन क्रोपास नामकी ती महिलालाई आफू गर्भवती भएको बारे केही थाहा थिएन । उनले आफ्नो गर्भमा ४.५ किलोको बच्चा रहेको समेत कुनै जानकारी थिएन ।

२३ वर्षीया क्रोपास नामकी ती युवती ढाड दुख्ने समस्याका कारण अस्पताल पुगेकी थिइन् । चिकित्सकले जब सबै नर्मल भन्ने लागेपछि चिकित्सकले उनलाई अल्ट्रासाउण्डका लागि पठाए । तर, अल्ट्रासाउण्डको रिपोर्ट हेरेपछि चिकित्सकको होस उड्यो । क्याथरिन ९ महिनाको गर्भवती थिइन् । उनलाई तुरून्त अपरेशन थियटरमा लगिएको थियो ।

क्रोपासले भनिन्, ‘मेरो तौल बढिरहेको थियो, तर मैले बिदामा धेरै खाएकाले मेरो तौल बढेको होला भन्ने सोचेको थिए ।’ वरिष्ठ स्त्री रोग विषेशज्ञ चिकित्सक जेनीफर एशटनले आफ्नो करिअरमा यस्तो अन्य केशहरू ह्याण्डल गरेको बताएकी छिन् । उनका अनुसार मोटोपनको शिकार भएका महिलाहरूमा यस्तो हुने गर्छ । उनीहरूको महिनाबारी अनियमित हुन्छ र आफ्नो शरिरप्रति सजग हुँदैनन् ।

क्रोपासले उक्त बच्चाका लागि उनी तयार नभएको बताएकी छिन् । उनको पालन पोषणको लागी मलाई निखै दुःख गर्नुपर्नेछ । यो मेरो राम्रो स्थिति होइन ।


  •  
  •  
  •