संबिधान बिरोधि नभएको माओवादी नेताद्वयको स्पष्टोक्ति

255
  •  
  •  
  •  

Kailash-bikash-bank(1)काठमाडौं, २७ कात्तिक (ओएनएस) : एकीकृत नेकपा माओवादीले संविधान निर्माणमा बाधक भएको भन्ने आरोपको खण्डन गरेका छन् ।

माओवादी नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बिहिबार पत्रकार सम्मेलन गर्दै आफुलाई संबिधान बिरोधि भनि लगाएको आरोप भ्रामक भएको स्पष्ट पारेका हुन् । भट्टराई निवास सानेपामा अध्यक्ष पुष्पकमल दाहालबिना नै पत्रकार सम्मेलन गर्दै उनीहरुले माओवादी संबिधान निर्माण प्रक्रियामा प्रतिबद्ध रहेको बताए ।

काँग्रेस–एमालेले लगाएको आरोपप्रति लक्षित गर्दै भट्टराईले संबिधान निर्माणको लागि माओवादी लचक हुने संकेत दिए । उनले भने ‘संबिधान निर्माण प्रक्रियामा देखिएको विवादमा सहमति वा प्रक्रियामा अन्तिम समयसम्म प्रयास गर्नेछौ ।’

साथै माओवादी संबिधान सभाभन्दा बाहिरबाट संबिधान घोषणा गर्ने पक्षमा नभएको पनि भट्टराईले स्पष्ट पारे । भट्टराईले अध्यक्ष दाहालले संबिधानसभाको संबैधानिक, राजनीतिक संवाद समितिको सभापति पदबाट राजिनामा दिन नभनेको पनि स्पष्ट पारे । यता अर्का नेता श्रेष्ठले पनि माघ ८ मै संबिधान जारी गर्न माओवादी तयार रहेको बताए । कांग्रेस र एमालेले ल्याएको संघीयता सम्बन्धी समान धारणामा संवाद समितिमा छलफल भैरहेको पनि जानकारी दिए ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष नारायणकाजि श्रेष्ठले राख्नुभएको एकीकृत नेकपा माओवादीको धारणा ।

– अहिलेको सन्दर्भमा हामी के कुरामा सबैको ध्यानाकर्षण र प्रष्ट पार्न चाहन्छौं भने अहिले केही समययता विशेषतः हाम्रो अध्यक्ष क. प्रचण्ड केही दिनको लागि राजधानीबाहिर रोल्पा जानुभएको सन्दर्भ पारेर नेपाली कांग्रेस र नेकपा एमाले लगायतका सत्तारुढ पार्टीहरुले हाम्रो पार्टी एकीकृत नेकपा माओवादी वार्ता, छलफलको प्रक्रियाबाट विचलित भएको वा भागेको, सहमतिको प्रक्रियाबाट विचलित भएको र संविधान निर्माणको प्रक्रियामा अड्चन उत्पन्न गरेको भनेर जो प्रचार गरिराखेका छन् । यो कुरा हामी पूर्णरुपमा खण्डन गर्न चाहन्छौं । अध्यक्ष प्रचण्ड केही दिन राजधानीबाहिर भएकैमा हाम्रो पार्टी छलफल र वार्ताबाट विमुख भएको भन्न मिल्दैन । त्यो कुरा सत्य होइन । हामी वार्तामा छौं ।
– हामी दोस्रो संविधानसभाबाट संविधान निर्माण गर्न पनि त्यत्तिकै प्रतिवद्ध छौं । हामी यो संविधानसभाबाट नेपाली जनताले बलिदानीपूर्ण संघर्ष गरेर अहिलेसम्म प्राप्त गरेका सबै उपलब्धिहरुलाई संस्थागत गर्दै नया“ संविधान निर्माण गर्न चाहन्छौं । त्यसकारण यो संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्ने कुरामा हामीले दृढतापूर्वक प्रस्तुत गरिराखेका छौं त्यसमा हामी प्रतिवद्ध छौं । कसैले पनि त्यसमा आरोप वा भ्रमात्मक प्रचार नगर्न पनि हामी जोड दिन चाहन्छौं ।

– हामी सहमतिको पक्षमा छौं । १२ बु“दे समझदारी, संयुक्त जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानसभाको निर्वाचनको प्रक्रियाबाट जो हामी अगाडि बढेका छौं ती शक्तिहरुको बीचमा सम्झौता र सहमतिको प्रक्रियाबाट नै संविधान निर्माण गरिनुपर्छ भन्ने कुरामा पनि हामी त्यत्तिकै दृढ छौं । हामीले लगातार सहमतिको निम्ति प्रयत्न र पहल गरिराखेका छौं । संवाद समितिको सभापतिको हैसियतले क. बाबुराम भट्टराईले आफ्नो स्वास्थ्यको प्रतिकूलताको बीचमा पनि विभिन्न पार्टीका नेताहरुस“ग, विभिन्न व्यक्ति र पक्षहरुस“ग छलफलको पहल गरिराख्नुभएको छ । हामी फेरि पनि सहमतिका निम्ति सबैलाई अपिल गर्न चाहन्छौं ।
– अहिले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा जुन प्रकारको गतिरोधको स्थिति देखा परेको छ हामी सबै पार्टीहरुलाई, विशेषतः सत्तारुढ पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेका साथीहरुलाई, यसखालको गतिरोधको स्थितिमा संवाद समितिलाई नराख्न विशेष अपिल गर्न चाहन्छौं ।

– यदि सहमति हु“दै हु“दैन भन्ने निष्कर्षमा पार्टीहरु पुगेको भए संविधानसभाले निर्देश दिएअनुसार प्रश्नावली पठाएर मतदानको लागि अगाडि बढ्ने कुरा हुन्थ्यो । तर, पार्टीहरुबीच अहिले प्रश्नावली पठाउनु उपयुक्त हु“दैन भन्ने कुरामा पनि सहमति छ । त्यसैले संवाद समितिको लागि एउटै विकल्प सहमति भएन भन्ने प्रतिवेदन पठाउनु, पठाइसकेपछि संविधानसभामा छलफल गराउनु र संविधानसभामा छलफलस“गस“गै पार्टीहरुको बीचमा पनि छलफल गरेर सहमतिको प्रयत्न गर्नु र सहमतिको निष्कर्षमा पुग्नु नै उपयुक्त कार्यभार हुन्छ ।

– जहा“सम्म नेपाली कांग्रेस र एमालेले प्रस्ताव पेश गर्नुभएको छ त्यसलाई हामी सकारात्मकरुपमा नै लिन्छौं । हामी त्यसमा सहमत छैनौं तर त्यसलाई आधारित मानेर पनि छलफल अगाडि बढाउन सकिन्छ भनेर उहा“हरुले भन्नुभएको छ त्यस अर्थमा हामी सकारात्मक रुपमा नै लिन्छौं । संवाद समितिमा सभापतिले त्यस विषयमा छलफल गराइसक्नुभयो । तर, संविधानसभामा प्रस्ताव दर्ता गर्ने थलो संवाद समिति होइन ।


  •  
  •  
  •