पार्टी एकताको लागि माओवादी वार्ता तीब्र

206
  •  
  •  
  •  

Communist_Party_of_Nepal_(Maoist)काठमाडौं,  ८ चैत (ओएनएस) : विभाजनकाे साढे २ बर्षपछि एकता प्रक्रिया अघि बढाएका एकीकृत माओेवादी र नेकपा–माओवादीबीच बनेको वार्ता समितिको पहिलो बैठकले सातबुँदे सिद्धान्तलाई छलफल गर्दै पार्टी एकतालाई अघि बढाउने निणर्य गरेको छ ।

नेकपा–माओवादी पार्टी कार्यालय बुद्धनगरमा भएको बसेको बैठकले माओवादी पार्टीबीच एकताबारे केन्द्रित रहेर छलफल गरेको हो । छलफलमा पाँच माओवादी पार्टीबीच एकताका लागि बनाइएको कार्यगत एकता समितिबारे समेत छलफल भएको थियो ।

सात बुँदे सिद्धान्त अघि सार्दै नेताहरुबीच विगतमा भएका कमीकमजोरी सच्याउँदै अघि बढ्नेबारे छलफल भएको बैठकपछि नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले बताए । पार्टी एकीकरणका लागि बनेको वार्ता समितिको छलफल अघि बढेको भन्दै साझा मुद्दा बनाएर नेपाली क्रान्ति सफल पार्न सबै माओवादी एकजुट हुनेबारे गम्भीर छलफल भएको एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।

कार्यगत एकता समितिमा एकीकृत माओवादीतर्फबाट अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र नेकपा–माओवादीतर्फबाट अध्यक्ष वैद्यसहित उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ रहेका छन् । मातृका यादव र मणि थापाले हालैमात्र प्रचण्ड र वैद्यलाई भेटेर कार्यगत एकता समिति व्युँताउन माग गरेका थिए ।


  •  
  •  
  •