माओबादी नेता पौडेल भन्छन्–तालमेलको पहिलो प्राथमिकतामा मधेसका परिवर्तनकारी शक्ति

240
  •  
  •  
  •  

devendra paudel

काठमाडौं, १२ भदौ (ओएनएस) : नेकपा माओवादी केन्द्रका नेता देबेन्द्र पौडेलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा माओवादीको प्राथमिकता नेपाली कांग्रेस र एमाले नभई मधेसका परिवर्तनकारी शक्तिहरु भएको बताए ।

मधेसमा माओवादी केन्द्र दोस्रो ठूलो दल बन्ने दाबी गर्दै उनले मधेसका परिवर्तनकारी शक्तिहरुसंग चुनावी तालमेल हुने बताए ।
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले संघीय समाजवादी फोरम, राजपा र नेपाल लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल हुने बताए । यसको लागि ती दलहरुसँग छलफल सुरु भइसकेको समेत उनले जानकारी दिए ।

पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई अतिरिञ्जित गर्न नहुने भन्दै उनले भ्रमणको क्रममा राष्ट्रलाई अहित हुने कुनै सन्धी सम्झौता नभएको तर्क गरे ।

यद्यपि उनले संविधान संसोधन जस्तो मुलुकको आन्तरिक मामिलामा प्रधानमन्त्रीले भारतमा गएर बोल्नु भने उचित नभएको बताए ।


  •  
  •  
  •