माओवादी फुटको संघारमा

230
  •  
  •  
  •  

Bhaidhyaकाठमाडौं,२४ कात्तिक (ओएनएस): नेकपा माओवादी भित्रको विवाद गहिरिदै गएको छ । विवाद बढेसँगै सामानान्तर छलफल भइरहेको छ ।

अध्यक्ष मोहन वैद्यले बोलाएको पोलिटब्युरो बैठक नेत्रविक्रम चन्द पक्षले बहिष्कार गरेको छ । पार्टी भित्रका विवाद अन्त्य गरि रणनीति तय गर्न बसेको बैठकमा असन्तुष्ट पक्ष नै अनुपस्थित भएपछि  बैठक बिना निष्कर्ष मंगलबार बस्ने गरि सकिएको छ । चन्दका असन्तुष्टि समाधान गर्ने वा चन्दलाई छाडेर अघि बढ्ने भन्नेमा छलफल भइरहेको एक सदस्यले जानकारी दिए ।

चन्द पक्षका पोलिटब्यूरो सदस्य खडगबहादुर विश्वकर्मा आफुहरु पनि छलफलमा भएको बताए । ‘वुद्धनगरमा पोलिटब्युरो बैठक भइरहेको होला हामी पनि महत्वपूर्ण छलफलमा छौ’ विश्वकर्माले भने । तर, छलफल कहाँ कोसँग उनले खुलाउन चाहेनन । केही समयदेखि चन्द र वैद्यबीचको द्धन्द्ध उत्सर्कमा पुगेको छ ।


  •  
  •  
  •