बिस्तारित बैठकमा सहभागि हुन संस्थापन पक्षले गर्‍यो विप्लवलाई आग्रह

571
  •  
  •  
  •  

Mohan-Baidhya-Biplabकाठमाडौं, ५ मंसिर (ओएनएस) : नेकपा–माओवादीले शनिबारबाट सुरु हुने बिस्तारित बैठकमा सहभागि हुन असन्तुष्ट पक्षलाई आह्वान गरेको छ ।

 शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीका नेता नेत्रबिक्रम चन्द्र विप्लवलाई लक्षित गर्दै समस्याको हल निकाल्न बिस्तारित बैठकमा सहभागि हुन आग्रह गरेको हो ।

यसअघि विप्लवले संस्थापन पक्ष एकलौटी ढंगबाट चलेको भन्दै पार्टीले सोधेको स्पष्टिकरण नदिने बताएका थिए । त्यसअघि विप्लवले पार्टीको पोलिटब्युरो बैठक बिहिस्कार गर्दै कपीलबस्तुमा छुट्टै भेलाको आयोजना गरेका थिए ।

लगत्तै माओवादीले विप्लवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर केन्द्रिय समितिको बैठकले स्पष्टीकरणबारे केहि नबोली लचिलो हुने संकेत दिएको हो ।

बैठकपछि निकालिएको बिज्ञप्तिमा भनिएको छ ‘ गत केही समयदेखि कतिपय जिम्मेवार कमरेडहरुबाट साङ्गठनिक विधि, प्रक्रिया र अनुशासन उल्लङ्घन लगायतका समस्याहरु पैदा भइरहेका छन् । ती सबै विषयहरुमा बिस्तारित बैठकमा छलफल हुने भएकोले समस्यालाई गम्भीरता र इमानदारीताका साथ लिई पार्टी एकतालाई कायम राख्न सबै कमरेडहरुलाई प्लेनममा सहभागी हुन विशेष आह्वान गर्ने निश्चित गरिएको छ । ’

Picture1

 


  •  
  •  
  •