नेकपा–माओवादी फुटको संघारमा

217
  •  
  •  
  •  

Bhaidhyaकाठमाडौं, २६ कात्तिक (ओएनएस): मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी विभाजित हुने भएको छ । सचिव नेत्रविक्रम चन्दको नेतृत्वमा आज गोप्य भला बोलाइएपछि पार्टी विभाजनतिर उन्मुख भएको हो , भेला बुटल आसपास भनिएपनि ठाउ गोप्य राखिेको छ । आज र भोलिको भेलाले पार्टीको धारण तय गर्नेछ । पदाधिकारी र पोलिटब्यूरो बैठक बहिस्कार गरेका नेत्रविक्रम चन्द विप्लवले बुधबार र विहीबार दुई दिने राष्ट्रिय भेला बोलाएपछि पार्टी विभाजन पक्कापक्की भएको हो ।

विप्लवको राष्ट्रिय भेला राजधानी बाहिर भूमिगतरुपमा हुने बताईएको छ । राष्ट्रिय भेलामार्फत अलग पार्टी गठन गरी भूमिगत छापामार संघर्ष सुरु गर्ने विप्लवको धम्की छ । सुरुमा भ्रष्टाचारीमाथि भौतिक कारवाही गरिने बताइएको छ ।

यसैबीच नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले सचिव नेत्रविक्रम चन्दलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाएका छन् । यस्तो गतिविधि तत्काल बन्द गर्न विप्लवलाई माओवादीको पोलिटब्यूरो बैठकले निर्देशनसमेत दिएको छ ।

विप्लवले गर्न लागेको राष्ट्रिय भेला रोक्न पोलिटब्यूरो बैठकले निर्देशन दिएको छ । मंगलबार राजधानीमा सम्पन्न दुईदिने पोलिटब्यूरो बैठकले विप्लवको गतिविधि पार्टी पद्दति विपरीत भएको ठहर गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै मंगलबार जारी प्रेस वक्तव्यमा वैद्य र बादलले भनेका छन् – केही जिम्मेवार कमरेडहरुबाट पार्टी पद्दति विपरीत अलग ढङ्गले गतिविधि गरिरहेकाले उक्त गतिविधिहरु तत्काल बन्द गरी पार्टीलाई एकतावद्ध तुल्याउन निर्देशन दिने ।


  •  
  •  
  •