नयाँ शक्ति छोडेका पौडेलसहितका नेताहरु माओबादी केन्द्रमा प्रवेश गर्दै

247
  •  
  •  
  •  

devendra poudel

काठमाडौं, ६ भदौ (ओएनएस) : केही दिन पहिले नयाँ शक्ति छोडेका नेता देवेन्द्र पौडेलसहितका नेता कार्यकर्ताहरुले आजै नेकपा नकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलसहितका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदैछन् ।

पौडेलसहित वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाइली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिला तामाङ, रत्न राना र रविन्द्र सुनुवारलगायतका नेताहरुले माओबादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेको जनाइएको छ ।

यसअघि नयाँ शक्तिबाट औपचारिक रुपमा नछुटिँदै पौडेलसहितका नेताहरुले नेतृत्वमा बृहत धु्रविकरण समिति गठन गरेका थिए । पार्टी छोड्न लागेको थाहा पाएपछि नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पौडेलसहितका नेताहरुलाई निस्काशन गरेको थियो ।

पौडेलसहितका नेताहरु तत्कालिन एकीकृत नेकपा माओबादी केन्द्रबाट छुट्टिएर नयाँ पार्टी गठन गरेका नेता भट्टराईको विचारलाई मान्दै नयाँ शक्तिमा सामेल भएका थिए ।


  •  
  •  
  •