लम्बियो सम्मेलन
विराटनगर, २३ वैशाख (ओएनएस) : एकीकृत नेकपा माओवादीमा नेतृत्व चयनका विषयमा तीव्र विवाद भएको छ । विवादका कारण राष्ट्रिय सम्मेलन लम्बिएको छ ।
राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयनका लागि प्रचण्ड पक्षीय नेताहरु गृहकार्यमा जुटे पनि प्रयास सफल हुन सकेको छैन । नेता डा. बाबुराम भट्टराई पक्षले असन्तुष्टि जनाउँदै कोही पनि कुनै पनि पदमा नबस्ने बताएपछि थप कठिनाई सृजना भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पूर्व महासचिव पोष्टबहादुर बोगटी राती अबेरसम्म छलफलमा जुटेपनि सहमति निस्कन सकेन ।
केन्द्रीय समितिको नाम छान्ने विषयमा विवाद भएपछि हिजो सोमबार मंगलबारसम्मका लागि बन्दसत्र स्थगित गरिएको थियो । सम्मेलन आयोजक समितिले ९९ सदस्यीय केन्द्रीय समितिको नाम छान्दा प्रचण्ड पक्षका नेताहरु मात्रै रहेको भन्दै भट्टराई र श्रेष्ठ पक्षधरले विरोध गरेका छन् ।