जसरी पनि पार्टी एकता हुन्छ ढुक्क हुनुहोस्:दाहाल

208
  •  
  •  
  •  

काठमाडौं,१८ पुस (ओएनएस): माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा एमालेसँग पार्टी एकता हुने भएकोले त्यस बाहेक अन्य कुनै पनि कुरा नसोच्न आफ्ना नेताहरुलाई भनेका छन् ।

आज आफनै निवास खुमल्टारमा बसेको पार्टी केन्द्रीय कार्यालयका बैठकमा अध्यक्ष दाहालले पार्टी एकता गर्ने भनेरै आफूहरु सबै चुनावमा होमिएको स्मरण गर्दै माथि एकता ढिलो हुने हो भने हामी तलबाटै एकता गछौँ भन्ने कार्यकर्ताको दवाव आइरहेको बैठकमा जानकारी गराएका थिए । बैठकमा सहभागि नेता देवेन्द्र पौडेलका अनुसार एकता गर्ने बिषयमा बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष दाहालले छलफल गर्दैछन् ।

सहमती मात्रै प्रदेश प्रमुख र केन्द्र तोक’ 

माओवादी केन्द्रको आजको बैठकले दलहरु वीच छलफल गरेर सहतमीमा मात्रै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरेको छ । साथै प्रदेश केन्द्र का बारेमा बिभिन्न ठाउँमा बिवाद भइरहेकोले यसलाई विवाद नहुने गरि सहतमीकै आधारमा तोक्न पनि भनेको छ । मंगलवार नै माओावादी केन्द्रका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटरै प्रदेश प्रमुख र केन्द्रको बारेमा आफ्नो पार्टीको धारणा सुनाउदै छन् ।

त्यस्तै माओवादी केन्द्रको आजको बैठकले बिभिन्न पार्टीबाट माओवादीमा आएका नेताहरुलाई उचित जिम्मेवारी दिनको लागि आवस्यक गृहकार्य गर्न महासचिव रामबहादुर थापाको नेतृत्वमा एक समिति बताएको छ । त्यस्तै चुनावमा अन्तरघात गरेको लगायतका बिषयमा परेको उजुरी उपर छानविन गर्न गर्न नेता अमिक शेरचनको नेतृत्वमा अर्को समिति बनाएको छ ।


  •  
  •  
  •