बाढी पहिरो पीडितका लागि माओबादी सांसदको एक महिनाको तलब

197
  •  
  •  
  •  

????????????????????????????????????

काठमाडौं, ३० साउन (ओएनएस) : माओवादी केन्द्रका सांसदहरुले बाढी पीडितको सहयोगका लागि आफ्ना एक महिनाको तलव दिने निर्णय गरेका छन् ।

सोमबार अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संसदीय दलको वैठकले प्रत्येक सांसदले बाढी पहिरो पीडितको उद्धार, राहत र उपचार गर्न एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको हो ।

प्रेस वक्ततव्य
नेकपा माओवादी केन्द्र संसदीय दलको वोर्ड वैठक आज मिति २०७४÷४÷३० गते दल नेता श्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा वसि निम्न निर्णय गरिएको छ ।
१‍. देशको विभिन्न भागमा गत केही दिन देखि अविरल वर्षाको कारण बाढी र पहिरोवाट धनजनको क्षति हुन पुगेकोमा यो वैठक गम्भीर रुपमा दुखित भएको छ । मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै यस विषयमा निर्णय गरियो ।
क) सवै घाइते पीडितहरुको तत्काल प्रभावकारी रुपमा उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुर्नस्थापना कार्य गर्न नेपाल सरकारसंग माग गर्दछ ।
ख) प्रभावित क्षेत्रका सांसद तत्काल बाढी पहिरो प्रभावित क्षेत्रमा गइ उद्धार, राहत र स्वस्थ्य उपचारमा जुटन निर्देशन गर्ने ।
ग) प्रत्येक सांसदले बाढी पहिरो पीडितको उद्धार, राहत र उपचार गर्न एक महिनाको तलब प्रदान गर्ने ।

२. नेपालको संविधान दोश्रो संसोधन पारित गराउन सक्रियता पूर्वक पहल गर्ने ।

रेखा शर्मा
प्रमुख सचेतक
ने.क.पा. (माओवादी केन्द्र)
व्यवस्थापीका संसदीय दल


  •  
  •  
  •