बैंक लुटपाट प्रकरणमा नाम जोडिएकोमा नेकपा माओवादीको आपत्ति

316
  •  
  •  
  •  

Khadga-Bahadur-Bishwakarmaकाठमाडौं, १७ मंसिर (ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रवक्त खड्कबाहदुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफ्नो पार्टीसँग जोडिएर एक साप्ताहिक पत्रिकामा प्रकाशित समाचारको खण्डन गर्दै षड्यन्त्रमूलक र पार्टीको बद्नाम गर्ने उद्देश्यले उक्त घटनालाई पार्टीसँग जोडिएको बताएका छन् ।

प्रवक्त प्रकाण्डले बुधबार एक विज्ञाप्ती जारी गर्दै आपत्ति जनाएका हुन । ‘पोखराको मेघा सहकारी र रौंतहडको बैंक लुटपाट घटनासँग हाम्रो पार्टी नेपाल कम्युनिस्ट माओवादीको नाम जोडिएको समाचारप्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ । हाम्रो पार्टीसँग सम्बन्धित उक्त समाचार गलत, तथ्यहिन र षड्यन्त्रमूलक भएकोले पार्टी त्यसलाई खारेज गर्दछ’ प्रकाशित विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

उक्त समाचारको पार्टीसँग कुनै सम्बन्ध नरेहेको जानकारी आम जनसमुदाय र संचारमाध्यलाई जानकारी विज्ञाप्तीमा जनाइएको छ ।


  •  
  •  
  •