क्याच लिन खोज्दा हेनरिक्सको फुस्कियो बंगारा

182
  •  
  •  
  •  

moises henriquesकाठमाडौ, ३२ जेठ(एजेन्सी) : इङल्याण्ड काउन्टी खेलिरहेका अष्ट्रेलियाली क्रिकेट टोलीका मोइस हेनरिक्स आईतबार भएको एक खेलका क्रममा घाइते भएका छन् । क्याच लिने प्रयास गर्दा अर्का खेलाडी रोरी बर्न्ससँग ठोक्किएका हेनरिक्सको बंगारा फुस्किएपछि उनी बेहोस भएका छन् । घटनापछि खेल रद्ध गरिएको छ ।

henriques breaks jawससेक्सको घरेलु मैदानमा एण्रूडेलमा खेल भएरहेको थियो । यसै क्रममा क्याच लिनका लागि विकेट किपर रोरी बर्न्स र हेनरिक्स दुवै दौडिएका थिए, तर दुवैले एक अर्कालाई बेवास्ता गरेका कारण दुवै ठोक्किन पुगे । बर्न्सको घुँडाले हेनरिक्सको बंगारामा लागेको थियो । हेनरिक्स केही बेरका लागि बेहोश भऐ । उनका साथी बर्न्स पनि केहीबेर बेहोसीको हालतमा रहे । केहीबेर पछि दुवैलाई मैदान बाहिर ल्याइयो र उनीहरुले हात हल्लाएर मैदानबाट बिदा लिए ।

henriques breaks jaw1हेनरिक्सको बंगारा तीन ठाऊँमा फ्र्याक्चर भएको ससेक्सका अधिकारीहरुले दिएका छन् । उनको डेन्टल सर्जरी गरिएको छ । यता बर्न्सलाई पनि अनुहार र घुँडामा चोट लागेको छ । उनको पनि उपचार भइरहेको छ । प्राथमिक उपचारपछि दुवै खेलाडीलाई अस्पताल भर्ना गरिएको छ ।

हेनरिक्स अष्ट्रेलियाको क्रिकेट टोलीको टी-२०, एकदिवसीय र टेस्टका सदस्य हुन् । उनलाई सबैभन्दा राम्रो खेलाडी मानिन्छ ।


  •  
  •  
  •