अदालतप्रति विश्वास बढाउन संवाद

518
  •  
  •  
  •  

Mahotariमहोत्तरी, १४ मंसिर (ओएनएस) : अदालतप्रतिको धारणा, विश्वास र सुझावका लागि महोत्तरी जिल्ला विभिन्न अन्तरक्रिया र संवाद थालिएको छ ।

अदालतसम्म थोरै मानिसको पहुँच हुनुको कारण बुझ्न सर्वसाधारणसँग अन्तरक्रिया र संवाद थालिएको हो । घट्ना गराउनेहरुकै जीत अदालतमा हुन्छ भन्ने भ्रम अझै सर्वसाधारणमा रहेको टिप्पणी न्यायिक संवाद कार्यक्रममा सहभागी भएकाहरुको थियो । फुलहट्टाका सुमन साहले पहिला पहिला अदालतमा हुने फैसलाबारे नकरात्मक टिप्पणीहरु गाउँघरमा सुनिने गरिएको बताए ।

पर्सापतैलीकी कल्याणी चौधरीले अदालतमा अंश मुद्दा दर्ता हुँदा समेत मालपोत कार्यालयबाट जग्गा अरुको नाममा नामसारी हुने गरेकोले महिला थप पीडित हुनुपरेको जानकारी गराइन् । अदालतले गर्ने अधिकांश अन्तरक्रिया र संवादहरुमा अदालतप्रतिको धारणा त्यति राम्रो नभएको सर्वसाधारणको टिप्पणी रह्ने गर्दछ । टिप्पणीसँगै सर्वसाधारणले अदालतका कर्मचारीहरु सेवाग्राही मैत्री हुनुपर्ने तथा गाउँ गाउँमा न्यायधीशहरु गएर सर्वसाधारणको भय मेटाउनुपर्ने सुझाव दिएका छन् ।

न्यायधीश हेर्ने बित्तिकै डराउनुपर्ने, अदालतको बारेमा नराम्रो बोल्न नहुनेजस्ता समस्या समाजमा यथावत रहेको परिकौलीकी प्रान्ती पाठकले भनिन् ‘सर्वसाधारणको डर मेटाउन यस्तो संवादहरु हुनु राम्रो हो ।’ कार्यक्रमहरुमा सर्वसाधारणले सानोतिनो मुद्धाहरु गाउँघरमै समाधान गर्न अदालतको पहुँच प्रत्येक गाउँमा हुनुपर्ने सुझाव दिने गर्छन ।
थर्ड एलाइन्सका अविनाश कर्णले अदालतले थालेको संवाद कार्यक्रमले सर्वसाधारणलाई अदालतको ढोकासम्म पुग्न मद्दत गर्ने धारणा राखेका छन् । त्यही मानव अधिकार संरक्षण केन्द्रका अध्यक्ष मदन झाले पहिला पहिला गाउँघरमा अदालतको नाम सुन्दा नै सबैमानिस डराउने तथा गलत मानिसहरु नै मुद्धा लड्ने गरेको धारणा बिस्तारै हराउन थालेको बताए ।

महोत्तरी अदालतका न्यायधीश कृष्णमुरारी शिवाकोटीले अदालतले सर्वसाधारणको सुझाव र धारणाले अदालतको नीति बनाउन सजिलो हुने तथा न्यायालयप्रतिको आस्था बढ्नेमा आशावादी रहेको बताए । अर्का न्यायधीश प्रकाश खरेलले अदालतमा दता हुने मुद्धाका पक्षहरु प्रत्येक महिना अदालती कारबाही र लाग्ने शुल्कहरुबारे जानकारी गराउने गरिएको बताए । ‘अदालतमा कुनै समस्या परे तत्कालै श्रेस्तेदारसँग भेट्न सकिन्छ । त्यहाँबाट समाधान नभए मसँग सहजै भेट हुन सक्छ ’ न्यायधधीश खरेलले भने,‘अदालतले त्यस्तै पीडित भए बिना कोर्ट फि मुद्धा दर्ता गर्न सकिने, बिना शुल्क वकिलको ब्यबस्था हुने गरेको कुरा सर्वसाधारणसम्म पुर्याउनु पनि यो संवादको उद्देश्य छ । ’

 


  •  
  •  
  •