सांसद पाण्डेले लिए पद तथा गोपनियताको शपथ

91
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सोमबार पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । पद तथा गोपनियताको शपथ लिएपछि सांसद पाण्डेले देश र जनताका लागि काम गर्ने बताए । उनले संसदमा प्रतिपक्षिको भूमिकालाई शसक्त बनाउन लागिपर्ने पनि बताए ।

सांसद पाण्डेले मुलुकको बिकासका लागि दलहरुबीचको एकता आवश्यक रहेको जिकिर गर्दै अहिले दलहरुलाई कमजोर बनाउने काम भइरहेको बताए । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त थियो । केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका पाण्डे पहिलो संविधानसभा सदस्य थिए । त्यतिबेला उनी स्याङ्जा क्षेत्र नम्बर तीनबाट निर्वाचित भएका थिए ।


  •  
  •  
  •