‘माओवादी गठबन्धन संविधान बनाउन नदिने खेलमा’

173
  •  
  •  
  •  

mohan_bikram_singhप्यूठान, ९ चैत (ओएनएस) : नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले माओबादीहरुले सुरु गरेको गठबन्धन संबिधान बनाउन नदिने खेल भएको बताएका छन् ।

बैद्य नेतृत्वको माओवादी संविधानसभा बाहिर र एमाओवादी संबिधानसभा भित्र रहेको भन्दै महामन्त्री सिंहले दुई फरक धारमा भएकाहरुको एकिकरणको बिषय अवसरवादी र संबिधान निर्माण विरोधि भएको बताए ।

गृहजिल्ला प्यूठानमा सिंहले सोमबार सदरमुकाम खलंगामा पत्रकारसंग कुराकानी गर्दै एमाओवादीले बैद्य माओवादीलाई संबिधान सभाको बिरुद्धमा प्रयोग गर्नका लागि एकिकरण अभियान सुरु गरेको दाबी गरे । माओवादीहरुले एकताका लागि भन्दै सुरु गरेको अभियान माक्र्सवाद–लेलिनवादको सिद्धान्त भन्दा बिपरित रहेको सिंहले बताए ।

एमाओवादी मधेसवादी दलहरुलाई काँखि च्यापेर हिडेको भन्दै महामन्त्री सिंहले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालमा मधेसवादी तथा भारत सर्मथन कार्यदिसा रहेको र त्यसको विपरित बैैद्य माओवादी रहेको बताए । फरक अर्को एक प्रसंगमा उनले संबिधान सभामा सहमतिको आधारमा संबिधान आउन नसक्ने भन्दै हालसम्मको परिबर्तन र त्यागलाई बहुमतिय प्रकृयाबाट भएपनि संबिधान लेखेर संस्थागत गर्नुपर्ने बताए ।

चुनावको समयमा एमाओवादीले बहुमतिय प्रकृयाबाट भएपनि संबिधान दिन्छौँ भन्दै घोषणा पत्रमा उल्लेख गरेको भन्दै महामन्त्री सिंहले अहिले अल्पमतमा पर्दा र पराजय हुदा प्रकृया मान्दैनौ भन्नु जनमतको बेबास्ता गर्नु भएको उल्लेख गरे ।


  •  
  •  
  •