वैद्य नेतृत्वको मोर्चाले संविधानको मस्यौदा च्यात्ने

57
  •  
  •  
  •  

Mohan-Baidyaकाठमाडौं, २१ असार (ओएनएस) : नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभामा प्रस्तुत संविधानको मस्यौदा यथास्थितिवादी र पश्चगामी भएकोले त्यसको विरोध गर्ने निर्णय गरेको छ ।

नेकपा–माओवादी कार्यालय बुद्धनगरमा बसेको बैठकले मस्यौदाको विरोधमा असार २६ गते देशव्यापी रूपमा विरोध प्रदर्शन गर्ने र उक्त मस्यौदाको प्रति च्यात्ने निर्णय गरेको छ । साथै, संविधानको मस्यौदा सम्बन्धमा सञ्चालित जनमत सङ्कलनको पनि विरोध र भण्डाफोर गर्ने पनि उसले जनाएको छ ।

संयोजक मोहन बैद्यको अध्यक्षतामा बसेको बैठकले  लिपुलेक सम्बन्धमा चिन र भारतबीच भएको सम्झौताको विरोधमा दुवै मुलुकको काठमाडौंस्थित राजदूतावासमा विरोध पत्र दिने पनि जनाइएको छ । साथै, नेपालको भूमि लिपुलेक उल्लेख गरी दुई मुलुकबीच गरिएको सम्झौताको २८ औं नम्बर बुँदा अविलम्ब खारेजीको माग गर्दै उक्त सम्झौता पत्र यही असार ३१ गते देशव्यापी रूपमा च्यात्ने पनि मोर्चाले निर्णय गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रहरूमा शीघ्र राहत वितरण, पुनर्वासको व्यवस्था, राहत वितरणमा भइरहेको धाँधली, पक्षपात, कालोबजारी र अनियमितताको अन्त्य, सढेगलेको खाद्यान्नको वितरणमा रोक लगाउने लगायतका विषयहरूलाई लिएर भूकम्प प्रभावित जिल्लाहरूमा तेत्तिस दलीय मोर्चाको अनुगमन समिति बनाई अनुगमन पनि जनाइएको छ ।


  •  
  •  
  •