एमाओवादी मोर्चापछि बैद्य माओवादीले गर्‍यो नेपाल बन्दको घोषणा

137
  •  
  •  
  •  

Mohan-Baidyaकाठमाडौं, १५ पुस (ओएनएस) : एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आमहड्ताल घोषणा गरेको केही दिनमै नेकपा–माओवादीले पनि आम हड्तालको घोषणा गरेको छ । वैद्य नेतृन्वष्को माओवादीले माघ ८ गते जारी गर्न लागिएको संविधानप्रति विरोध जनाउँदै माघ ३ गते आम हड्तालको घोषणा गरेको छ ।

प्रचण्ड नेतृत्वको मोर्चाले भने दुईदिनपछि ५ गते आम हड्ताल घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय वुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादीले संविधानसभाबाट संविधान ल्याउन नदिने भन्दै आम हड्तालको घोषणा गरेको हो ।

माओवादीले पुस २४ गतेसम्म आन्दोलनको तयारी गर्ने, २५ गते पूर्वाञ्चल, २७ गते पश्चिमाञ्चल, २८ गते मध्यपश्चिमाञ्चल, २९ गते मध्यमाञ्चल बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै माघ २ गते सबै जिल्ला सदरमुकाममा राँके जुलुस निकाल्ने, माघ ३ गते देशब्यापी आमहड्ताल गर्ने महासचिव रामबहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

काठमाडौंमा सोमबार सकिएको प्रथम राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपा–माओवादीले फागुन १ गते खुलामञ्चमा जनसभा गर्ने घोषणा पनि घोषणा गरेको छ ।

विप्लवका लागि ढोका खुला

माओवादीले नेत्रविक्रम चन्द विप्लवका लागि पनि ढोका खुला गरेको छ । सोमबार सकिएको भेलाले भर्खरै पार्टीबाट अलग भएको नेत्रविक्रम चन्द विप्लव समूहमा बैचारिक विचलन देखिएको निश्कर्ष निकाल्दै पुन एकीकृत हुन ढोका खुला गर्ने निर्णय गरेको महासचिव थापाले बताए ।

एकताको लागि ढोका खुल्लै राखेपछि उसले पाटींलाई विभाजन गरेका विप्लवलाई दक्षिणपन्थी बिचलनको संज्ञा दिएको छ । गत ११ देखि १४ सम्म राजधानीमा भएको राष्ट्रिय भेलाले ‘ विप्लब समूहमा विद्यमान विचारधारात्मक तथा राजनीतिक प्रवृत्तिलाई बाम रुपमा अभिव्यक्त दक्षिणपन्थी बिचलन भनेको छ ।

साथै पार्टीले माघ ८ मा संविधान जारी भए ९ गते जलाउने निर्णय समेत गरेको छ । उसले संविधान सभालाई विगठन गरी अधिकार सम्पन्न राजनीतिक सभाको गठन गर्न पार्टीले माग गरेको छ ।


  •  
  •  
  •