१६ बुँदे सहमति राष्ट्रघातको निकृष्ट नमूना : बैद्य माओवादी

97
  •  
  •  
  •  

Mohan-Baidyaकाठमाडौ, २७ जेठ (ओएनएस) : मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले चार दलबीच गत सोमबार राति भएको १६ बुँदै सहमतिको चर्काे आलचोना गरेको छ । पार्टीको स्थायी समितिको बैठकले चार दलबीच भएको सहमतिलाई ‘राष्ट्रघात र जनघातको निकृष्ट नमूनाका’ को संज्ञा दिएको छ ।

गत २५ गते देखि बसेको स्थायी कमिटिको बैठकले भूकम्पका कारणले मुलक दुःखमा रहेको र विपत् व्यवस्थापनमा केन्द्रित रहनु पर्ने सम्वेदनशील स्थितिमा संसदीय संविधान निर्माणकोको लागि भएको सहमति जनताको संवेदनशीलता प्रति अपमान भएको माओवादीको ठहर छ ।

यस्तै सहमतिलाई संविधान निर्माणसम्बन्धी जनतामा व्यापक छलफल गरिनु पर्ने जनअधिकारको पनि घाँटी निमोठ्ने घोर निरङ्कुश र फासिवादी कदम भएको निश्कर्ष निकालेको छ । साथै माओवादीले सहमतिको विरोध र भण्डाफोर गर्ने समेत जनाएको छ ।

यता यही १५ मई २०१५ मा चीन र भारत सरकारबीच ४१ बुँदे संयुक्त वक्तव्य जारी गर्ने प्रक्रियामा सो वक्तव्यको २८ नं. बुँदामा नेपाली भूभागभित्रको लिपुलेकलाई भारत–चीनबीचको व्यापार विस्तार गर्न प्रयोग गर्ने भनी उल्लेख गरिएकोमा नेपालको भूमिमाथि खुला अतिक्रमण भएको माओवादीले जनाएको छ ।

नेपालको भूमि अतिक्रमित हुने र नेपाली राष्ट्रिय सार्वभौमसत्ता प्रतिकूल बन्ने विज्ञप्तिको सो बुँदा सच्याई लिपुलेक क्षेत्रमा नेपालको अधिकार सुनिश्चित बनाउन र नेपालको सार्वभौमिकताको सम्मान गर्न दुवै देशका सरकारसित जोडदार माग पनि माओवादीले गरेको छ ।

साथै पार्टी एकताको लागि १६ बुँदे सहमति बाधक भएको माओवादीले निश्कर्ष निकालेको छ । सहमतिमा संलग्न बन्नुको कारण फेरि पनि एमाओवादी नेतृत्व क्रान्तिकारी कम्युनिस्टहरूबीचको सिद्धान्तनिष्ठ एकता प्रक्रियाप्रति गम्भीर विश्वासघात गरी त्यसबाट पछि हटेकोले माआवादीको भनाई छ । यस स्थितिमा एमाओवादीसित एकता प्रक्रियालाई पुरानै रूपमा निरन्तरता दिनु पार्टीका निम्ति घातक हुने ठहर गरिएको छ ।


  •  
  •  
  •