वैद्यविना नै माओवादी एकताको तयारी

305
  •  
  •  
  •  

काठमाडौं ।
एमाओवादीसँग पार्टी एकता गर्ने विषयमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र विवाद चुलिएको छ । वैचारिक मतभेद अन्त्य गरेर एकता प्रक्रियामा जाने वा मतभेदलाई संयुक्त महाधिवेशनमा लगेर छलफल गरी टुंग्याउने भन्नेमा अध्यक्ष वैद्य र संगठन विभाग प्रमुख रामवहादुर थापा बादलबीच ठूलो मतभेद भएको छ ।

वैद्य पहिले राजनीतिक मतभेद समाधान हुनु पर्ने पक्षमा छन् । बादल भने पार्टी एकता संयोजन समिति बनाएर तत्काल एकतामा जाने र विवादित विषय संयुक्त महाधिवेशनमा लगेर टुंग्याउनु पर्ने पक्षमा छन् ।

सोही विवादले एकताबारे निर्णय लिन बसेको केन्द्रीय समिति बैठक नै अनिर्णीत बनेको छ । वैद्य तयार नभए पनि बादलसहितका नेताहरु एकताको तयारीमा छन् ।

एमाओवादीसँग एकताका लागि अनिच्छुक देखिएका क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नयाँ ढैगले नयाँ धारको पार्टी चलाइरहेको बताएका छन् । बादल लगायतका नेपालाई अब पार्टीमा अड्याउन नसकिने वैदको निष्कर्ष छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •