वैद्यलाई निमोनिया, नर्भिक अस्पतालमा आकस्मिक उपचार

198
  •  
  •  
  •  

mohan-baidhyaकाठमाडौं १५ पुस (ओएनएस) :
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य एक्कासि दम र निमोनिया बढेपछि अपतालमा भर्ना भएका छन् । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । माओवादीको प्रथम राष्ट्रिय भेला सम्पन्न भएलगत्तै अस्वस्थ भएका उनलाई आकस्मिक रुपमा अस्पतालमा भर्ना गरिउको थियो । माओवादी प्रवक्ता पम्फा भुसालले धपेडी र चिसोले दम र निमोनिया देखिएको जानकारी दिइन ।

उनका अनुसार केृही दिन अस्पतालमा नै राख्ने तयारी छ ।  अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । वैद्यलाई भेट गर्न माओवादकिा नेता कार्यकर्ता अस्पताल पुग्ने गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकिमल दाहाल पनि जाने तयारीमा रहेको उनको सतिवालयले जनाएको छ ।


  •  
  •  
  •