चिन्ता र दोधारमा वैद्य

210
  •  
  •  
  •  

भुवन क्षेत्री :

काठमाडौं १५ मंसिर (ओएनएस):  झण्डै तीन बर्ष अघि असारमा युवा जुझारु मानिएका नेत्रविक्रम चन्दकै भरोसामा मोहन वैद्य एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबाट अलग भए । नेकपा–माओवादी नामकोे नयाँ पार्टी गठनगरेर जनयुद्धका कार्यभार पुरा गर्ने उद्घोष पनि गरे । त्यति बेला उनले पार्टीको मूल कार्यदिशा छाडेकाले दाहालबाट अलग भएको घोषणा गरेका थिए । तीन वर्ष नबित्दै फेरि चन्दले पनि वैद्यबाट छुट्टीएको घोषणा गरे मूल कार्यदिशा छाडेको आरोप सहित । वैद्यले दाहलमाथि जुन आरोप लगाएका थिए तीनै आरोप चन्दले वैदतिर फर्काएर हिँडेका छन् ।

बिचको ड्यास हटाएर उनले नेकपा माओवादीको पुरानै नाममा नयाँ पार्टी गठन गरेका छन् । दाहाल बाट छुट्टीएका वैद्यले चन्दलाई रोक्न निकै प्रयास गरेका थिए । अन्ततः सफल भएनन त्यसको सबभन्दा पीडा र क्षति उनैलाई भएको छ । दाहालसँगै मस्सिएर संसदीय बाटोमा पनि जान नसक्ने र फर्केर चन्दसँगै जनयुद्धको धारमा पनि हिड्न नसक्ने अवस्थामा पुगेका वैद्य अहिले चिन्तामा छन् । उनले आइतबार बाट मूल माओवादीबाट अलग भएकाहरुसँग परामर्श गरेर नयाँ एकतासहित अघि बढ्ने योजना बनाउँदैछन् ।

उनले पहिलो चरणमा आफ्ना कार्यकर्ता चन्दको पछि लाग्नबाट रोक्ने र दोस्रो चरणमा कम्युनिष्ट केन्द्र बनाएरु अघि बढ्ने तयारी गरेका छन् । माओवादी अध्यक्ष वैद्यले अझै पनि चन्दलाई फर्काउने प्रयास जारी राख्ने बताए ।

ओएनएससँगको कुराकानीमा वैद्यले चन्दले भनेका केही विषयमा पार्टी जान खोज्दा खोज्दै पनि अलग हुनुले आफुलाई चिन्तामा पारेको बताए । ‘एक्लै चन्दले पनि क्रान्ति गर्न सक्दैनन मैले पनि सक्दिन’ वैद्यले भने, ‘अब सबै कम्युनिष्टहरुलाई समावेस गरेर कम्युनिष्ट केन्द्र बनाउन मेरो प्रयास सुरु हुनेछ त्यसमा चन्दसँगै नै म पहिलो वार्ता गर्नेछु ।’

baidhya_chanda_692406750
जनयुद्ध छाडेर ०६३ सालमा शान्ति प्रक्रियामा आएपछि १० वर्ष नबित्दै माओवादी पार्टी पाँच टुक्रामा चोइटिएको छ । वैद्यसँग सम्बन्ध विच्छेद गरेरका चन्दले चितवनको जंगलमा नयाँ पार्टी खोल्ने निणर्य सहित नेकपा माओवादी नै नाम जुराइसकेका छन् । उनको कार्यक्षेत्र भने रोल्पा नै हुनेछ । पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको एमाओवादी पार्टी यही विभाजनका कारण दोस्रो संविधानसभामा तेस्रो दलमा खुम्चिएको छ ।


  •  
  •  
  •  

Comments are closed.