कसरी व्यबस्थापन हुँदैछ मोदीको भोजन ?

190
  •  
  •  
  •  

काठमाडौं, १६ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा बौद्ध स्थित हायात होटलमा बस्ने छन् । दुई दिने नेपाल भ्रमणका क्रममा राष्टपतिले मोदीलाइ दिवा भोजको आयोजना गरेका छन् ।

सोमबार पशुपति नाथको दर्शन सकेर प्रधानमन्त्री मोदी राष्ट्रपति कार्यालय शीतल निवास पुग्ने छन् । झण्डै दुई घण्टा राष्ट्रपति कार्यालयमै बिताउने मोदीलाई राष्ट्रपति कार्यालयमा दिबा भोजको आयोजना गरिएको छ । साउने सोमबार पशुपतिको भ्रमण गरेर आउने भएकोले मोदीको लागि राष्ट्रपति कार्यालयले ‘शुद्ध शाकाहारी’ भोजनको व्यबस्था गरेको छ ।

३० जना भीआइपीका लागि सोल्टी होटल मार्फत शाकाहारी भोजको व्यबस्था गरिएको छ । राष्ट्रति कार्यालयले ३० जना भीआईपीको लागि सोल्टी होटलबाट शाकाहारी भोजनको व्यवस्था गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।

मोदी आएकै दिन प्रधानमन्त्री सुशील कोइरालाले समकक्षीको लागि रात्री भोजको आयोजना गरेका छन् । प्रधानमन्त्री कोइरालाले आइतवार साझ सोल्टी होटलमा रात्री भोजको आयोजना गरेका छन् ।

मोदीलाई इलामकोे ‘अर्थोडक्स टि’ सभामुख सुवास नेम्वाङले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ इलामको अर्थोडक्स चिया खुवाउने छन् । आइतवार अपरान्ह ४ : २५ बजे संसद भवन पुग्ने मोदीलाई नेम्वाङले आफ्नो कार्यकक्षमा इलामको अर्थोडक्स चियाँ खुवाउने छन् ।


  •  
  •  
  •