मोदीको नेपाल भ्रमणबाट के चाहन्छ भारत ?

228
  •  
  •  
  •  

काठमाडौ, ९ साउन (ओेएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी साउन १८ गते नेपालको दुई दिने भ्रमणका लागि नेपाल आउने तय भएको छ । १७ वर्षपछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

modi

करिब दुई महिनाअघि भारतको प्रधानमन्त्री बनेका मोदीको यो दोस्रो विदेश भ्रमण हो । मोदीको सपथ ग्रहणका क्रममा भारत पुगेका नेपालका प्रधानमन्त्री शुसील कोइरालाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिए्का थिए । प्रधानमन्त्रीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् ।

मोदीको भ्रमणका क्रममा भारतले विभिन्न एजेण्डा उठाउने तयारी गरेको छ । भारतले विषेशगरी राजनीतिक, सुरक्षा र सीमा, अर्थ तथा पूर्वाधार विकास, उर्जा तथा जलविद्युत स्रोत तथा अन्य विभिन्न मुद्धा उठाउने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतले प्रमुखतः सुरक्षा तथा सीमा, उर्जा तथा जलविद्युत, दुईदेशीय सम्बन्ध सुधारका विषयमा विषेश छलफल हुने बताइएको छ । भारतले सीमा सुरक्षाको विषय र उmर्जा तथा जलविद्युतको विकासका लागि नयाँ प्रस्ताव ल्याउने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतले नेपाललाई ६ सय मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि सहयोग गर्ने, पूर्वपश्चिम जोड्ने मुख्य राजमार्ग निर्माण सम्पन्न गर्नका लागि सहयोग गर्ने र महाकाली नदीमा पुल निर्माण गर्ने बताएका छन् ।
यस्तै, भारतले लामो समयदेखि सम्पन्न हुन नसकेका दर्जनौ मुद्दाहरूका सम्बन्धमा पनि छलफल गर्ने छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विगत २३ वर्षदेखी वेवास्ता गरिएका र सुरूवात गरेर बाँकी रहेका मुद्दाहरूका सम्बन्धमा छलफल गरिने छ ।

यस्तै, भारतले नयाँ मुद्दाहरू समेत उठाउने तयारी गरेको बताइएको छ । दुईदेशबीचको सम्बन्धलाई नयाँ शिराबाट लैजाने विषय पनि भ्रमणको प्रमुख एजेण्डा हुने नेपालका लागि भारतीय राजदुत रञ्जित रेले बताएका छन् । उनले यो भ्रमणलाई सम्बन्ध सुधारका मात्र लागि नभइ ठोस एजेण्डामा छलफल गर्ने उद्देश्यका साथ हुन लागेको बताएका छन् । उनको यो भनाईले पनि भारतले यसपटकको भ्रमणमा निकै धेरै मुद्दा उठाउने र त्यस विषयमा ठोस निष्कर्षमा पुग्ने तयारी गरिरहेको बुझ्न सकिन्छ ।

मोदीको भ्रमणपूर्व भारतीय विदेशमन्त्री सुष्मा स्वराजले तीन दिने नेपाल भ्रमण गर्दैछिन् । यसक्रममा उनले मोदीको भ्रमणलाई सहज बनाउने, सम्बन्ध सुधार गर्ने र उक्त भ्रमणका क्रममा हुने छलफलका विषयलाई नेपालसमक्ष राखेर त्यसमा तयारी गर्नका लागि सहज वातावरण निर्माण गर्ने बताइएको छ । यसले पनि यसपटकको भ्रमण विषेश हुने संकेत गरेको छ ।

मोदीका भ्रमणका तथ्यहरू

मोदीले नेपाल भ्रमण गर्ने भएपछि विभिन्न विषयहरूमा छलफल हुने गरेका छन् । मोदीका भ्रमणका विषयलाई लिएर नेपालमा पनि विभिन्न अड्कलबाजी तथा उनको भ्रमणका तथ्यहरूबारे पनि बहस भइरहेको छ ।

१७ वर्ष भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्न लागेका छन् । सन् १९९७ मा तत्कालिन भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजरालले द्विपक्षीय भ्रमण गरेपछि मोदीको भ्रमण हुन लागेको हो ।

सन् २००२ मा अटल बिहारी बाजपेई सार्क समिटका क्रममा नेपाल आएका थिए । यद्यपी यो उनको द्विपक्षीय औपचारिक भ्रमण भने थिएन ।
यस्तै, २३ वर्षपछि नेपाल–भारत सँयुक्त आयोगकको पहिलो पटक उच्चस्तरीय वार्ता हुन लागेको हो ।

प्रधानमन्त्री भएपछि मोदीको यो दोस्रो औपचारिक विदेश भ्रमण हो । उनले यसअघि भूटानको भ्रमण गरेका थिए । ब्राजिलमा हालै भएको ब्रिक्स सम्मेलनमा पनि मोदीले भाग लिएका थिए । यो उनको औपचारिक विदेश भ्रमण होइन ।


  •  
  •  
  •