चप्पलमै काठमाडौं उत्रिए मोदी

144
  •  
  •  
  •  

modi with cappal

काठमाडौं, १८ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कस्ता होलान ? यो प्रश्न सबैमा थियो । त्रिभुवन विमानस्थलमा आइतबार बिहान १० बजेर ५० मिनेट जाँदाम ओर्लिएपछि यो प्रश्नको जवाफ त मल्यिो सँगै आर्काे प्रश्न जनिमयो । त्यो प्रश्न हो उनले किन चप्पल लगाएर नेपालको भ्रमणमा आए ? मोदीको हात हल्लाउने शैलीसँग परिचित आम नेपाली मोदीको ‘डे«सअप’ का विषयमा पनि भारतीय संचार माध्यमबाट आएका खबर सुन्ने गरेका थिए । भारतीय संचारमाध्यममा मोदीको डे«सअपका विषयमा कवरेज हुने गरेको थियो ।

आफ्नो छुट्टै शैली बनाएका भारतीय प्रधानमन्त्रीको लवाईखवाईप्रति आम जनताका साचो हुनु स्वाभाविकै हो । मोदी के खान्छन ?, के लगाउँछन ? सबैको चासो हुनु स्वभाविकै हो ।
यही चासोकाबीच आइतवार नेपाल आएका मोदीको डे«सअफप्रति सबैको चासो थियो । कुर्ता पाइजामा र ज्वारिकोट लगाएका मोदीले जुत्ताको सट्टा चप्पल लगाएका थिए । कालो जुत्ताजस्तै देखिने कालो रङको चप्पल लगाएका थिए । उनले चप्पलसँग मोजासमेत लगाएका थिएनन् ।


  •  
  •  
  •