होटल ह्यात रिजेन्सी पुगे मोदी

438
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (ओएनएस) :  दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले होटल ह्यात रिजेन्सी पुगेका छन् ।

उनले त्यहाँ विहानको भोजन गर्नेछन् । सोही होटलमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले साढे १२ बजे भेटरे भ्रमणको कार्यतालिका बारे छलफल गर्नेछन् । त्यसपछि मोदी सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुग्नेछन् । साढे २ बजे प्रधानमन्त्री सुशील कोइराला र मोदीबीच दुई पक्षीय वार्ता हुनेछ । आजै मोदीले संसदको बैठकलाई पनि सम्बोधन गर्नेछन् ।


  •  
  •  
  •