कमल थापालाई सबैभन्दा छोटो भेट

208
  •  
  •  
  •  

काठमाडौं, १९ साउन (ओएनएस) :  संविधान सभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री मोदीसंग सबैभन्दा छोटो समय भेट गर्ने मौका पाएका छन् । राजनीतिक भेटवार्ताको क्रममा थापाले अन्तिममा पाँच मिनेट समय पाएका हुन ।

भारतीय जनता पार्टी सरकारमा आएपछि नेपालमा हिन्दु राष्ट्रको पुर्नबहाली हुनुपर्ने एजेण्डा बोकेर हिडेको राप्रपा नेपाललाई मोदीको समर्थन रहने टिप्पणी हुदै आएको थियो । संविधान सभामा चौथो दलको हैसियत पाएको कमल थापाको दललाई मोदीले पर्याप्त महत्व नदिखएको देखिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको टुङ्गो लागेपछि मोदी भ्रमणको स्वागतमा राप्रपा नेपालले पहिलो विज्ञप्ती जारी गरेको थियो । यसअघि अध्यक्ष थापाले मोदीलाइ भारतमा पनि भेट गरेका थिए । मोदी संगको भेटपछि अध्यक्ष थापाले नेपाल भारत सम्बन्धको भिन्न पक्षबारे छलपल गरेको ट्वीटरमा लेखेका छन् ।


  •  
  •  
  •