मोदीले किन गरे नेपालका राजपरिवारको प्रशंशा ?

203
  •  
  •  
  •  

काठमाडौं, ३ असार (ओएनएस) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानको संसदमा सम्बोधन गर्ने बेला नेपालको राजपरिवारको प्रशंशा गरेका छन् । उनले सम्बोधनको क्रममा नेपालको राजपरिवारको प्रशंशा गरेपनि पछि नेपालको ठाउँमा भुटान भनेर सच्याएको थिए ।
बोल्ने क्रममा मोदीले भुटानलाई नेपाल भनेपछि सामाजिक सञ्जालहरुमा चर्चाको विषय बनेको छ । मोदी हाल दुई दिने भ्रमणको क्रममा भुटानमा छन् ।
नेपाल हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष बन्दा बेखुस रहेका मोदीको बोल्ने क्रममा “टङ स्लिप” भएपनि कतिपयले यसलाई मनभित्रको कुरा फुत्किएको रुपमा व्याखा गरेका छन् । मनोवैज्ञानिक सिग्मण्ड फाइडले मनभित्र दविएका अथवा खुलेर भन्न नसकिएको कुरा बाहिरिने एउटा माध्यमको रुपमा “टङ स्लिप”लाई लिने गरेका छन् ।


  •  
  •  
  •