मोदी सेप्टेम्बरमा अमेरिका जाने

214
  •  
  •  
  •  

काठमाडौं, २२ जेठ (एजेन्सी) : भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सेप्टेम्बरमा अमेरिकाको भ्रमण गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदी अमेरिकासँग सम्बन्ध सुधारका लागि अमेरिकालाई प्रथामिकतामा राखेको उल्लेख गरेका छन् ।

सन् २००२ मा गुजरातमा भएको हिंसामा तत्कालिन मुख्यमन्त्री मोदी दोषी भएको भन्दै अमेरिकाले उनलाई सन् २००५ मा भिषा दिन अस्वीकार गरेको थियो । मोदी त्यो घटनापछि अमेरिका जान पाएका छैनन् । प्रधानमन्त्री बनेपछि मोदीले अमेरिकासँगको सम्बन्धमा सुधार गर्ने योजना बनाएका हुन् ।

पछिल्ला दिनहरुमा अमेरिका–भारत सम्बन्धमा चिसोपना देखिएको छ । खास गरी अमेरिकास्थित एक जनाभारतीय कुटनितिज्ञलाई अमेरिकी प्रहरीले नियन्त्रणमा लिएपछि यी दुई देशबीचको सम्बन्धमा चिसोपना आएको थियो । भारतले पनि नयाँदिल्लीस्थित अमेरिकी कुटनीतिज्ञलाई दिँदै आएको सुविधासमेत कटौती गरेको थियो ।


  •  
  •  
  •