मोदीले आफ्नै नाम छापिएको सुट लगाएपछि……..

193
  •  
  •  
  •  

काठमाडौं १३ माघ । भारतीय प्रधानमन्त्री मोदीले राम्रो पोसाक लगाउँदा यसअघि निकै प्रशंसा प्राप्त गरेका थिए ।  यसपटक भने उनले कपडाभरि आफ्नै नाम छापिएको सुट लगाउँदा सामाजिक सञ्जालमा उनि हाँसोको पात्र बनेका छन् ।

 भारत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग आइतबार एक्लै वार्ता गर्दा प्रधानमन्त्री मोदीले साना अक्षरले उनकै नाम छापिएको धर्के सुट लगाएका थिए । उनले यसरी पोसाक छनौट गर्दा यस पटक गलत पाइला लिएको देखिन्छ ।
प्रधानमन्त्री मोदीले उक्त वार्ताका समयमा सोमबार उनको धर्केदार सुट लगाएका थिए । उक्त सुटमा स्पष्ट देखिने गुलाबी अक्षरका धर्का थिए र ती धर्कामा नरेन्द्र दामोदरदास मोदी भनी अङ्ग्रेजी अक्षर छापिएका थिए । उक्त सुटलाई क्यामराले नजिकबाट देखाउँदा मात्र ती नाम देखिएका हुन् ।
क्यामराले ठूलो बनाएर देखाइएको उक्त चित्र इन्टरनेटमा व्यापक रुपमा प्रसारण भयो । उक्त चित्रको सामाजिक सञ्जालका प्रयोगकर्ताले मोदीसुटको नाममा निकै हाँसो उडाएका छन् ।

एक टिप्पणीकर्ताले ट्विटमा उक्त सुटलाई मुर्खतापूर्ण सुटको नाम दिएका छन् । उनले प्रधानमन्त्री अरुले आफ्नो लुगा चोरिदिन्छन् भनी डराएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले विमानस्थलमा अमेरिकी राष्ट्रपतिलाई कुर्तामा स्वागत गरेका थिए । राष्ट्रपति ओबामाले साँझको भोजमा मोदीको लुगा लगाउने कुराको प्रशंसा गरेका थिए । उनले आफूले पनि कुर्ता लगाउने विषयमा विचार गरेको बताएका थिए ।
भारतीय प्रधानमन्त्री मोदी मात्रै आफ्नो नाम भएको लुगा लगाउने पहिला नेता भने होइनन् । सन् २०११ मा इजिप्टका पूर्व नेता होसनी मुबारकले पनि यस्तै साना अक्षरले लेखिएको धर्का भएका र उक्त अक्षरबाट आफ्नै नाम लेखिएको सुट लगाएर फोटो खिचाएका थिए ।

  •  
  •  
  •