मोदी र सरिफले हात मिलाएपछि तालीले गुञ्जियो सभागृह

249
  •  
  •  
  •  

काठमाडौं, ११ मंसिर (ओएनएस)  : सार्क शिखर सम्मेलनको समापनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तनका प्रधानमन्त्री नवाज सरिफबीच औपचारीक संवाद भएको छ ।

प्रधानमन्त्री शुसील कोइरालले समापन  घोषणा गरेपछि भारतका प्रधानमन्त्री मोदीले हात अगाडी बढाएका थिए । मोदी र सरिफले हात मिलाएपछि समापन समारोहमा सहभागि सबैले तालिले स्वागत गरेको थिए । उनीहरुले करिब १ मिनेटसम्म हात मिलाउदै मुस्कुराएर केहि संवाद गरेपछि सभागृहको हल तालिले गुन्जायस भएको थियो ।

यसअघि बिहिबार दिउँसो प्रधानमन्त्री सुशील कोइरालाको पहलमा धुलिखेलमा पनि अनौपचारीक कुराकानी भएको थियो । बुधबार काठमाडौंमा सुरु भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) पहिलो दिन एक अर्कालाई वेवास्ता गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाफ सरिफले बिहिबार धुलिखेलमा भने हात मिलाएका छन् । धुलिखेलको द्धारिका होटलमा भएको रिट्रिटकौ दौरान दुबैबीच आनौपचारिक छलफल समेत भएको थियो ।

प्रधानमन्त्री सुशील कोइरालको पहलमा दुई परस्पर बिरोधि राष्ट्रका प्रमुखबीच कुराकानी भएको हो । यस्तो वार्ता हिजैदेखि भए पनि अहिले अलि खुलारुपमा हासो ठट्टाकै शैलीमा भएको ती अधिकारीले बताए । नेपालले पनि हामी मिलेर अघि बढ्नुपर्छ भन्दै यसमा सहायक भूमिका निर्वाह गरिरहेको छ । दुबै देशबीच सिमा तथा अंतकबादको बिषयमा विवाद बढ्दा कटुताको सम्बन्ध हुँदै आएको छ ।


  •  
  •  
  •