काठमाडौं, १४ साउन (ओएनएस) : परराष्टमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणबारे सदनलाइ जानकारी गराएका छन् । मन्त्री पाण्डेले ३ वटा कारणले मोदीको भ्रमण महत्वपूर्ण रहेको बताए ।
नेपाल सरकार राष्ट्रिय हितको बिषयमा दह्रिलो ढंगले उभिन सक्ने, १७ वर्षपछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउनु र भातरको नयाँ सरकारले नेपाललाई महत्व दिनु भारतीय प्रधानमन्त्रीको भ्रमणको महत्व रहेको बताए ।
‘भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका समयमा नेपालले आफ्ना कुरा प्रष्ट र नयाँ इतिहास लेख्ने समय आएको छ’ मन्त्री पाण्डेले भने । विदेशमन्त्री सुस्मा स्वराजको भ्रमणले नेपाल भ्रमणले प्रधानमन्त्रीको भ्रमणको कार्यसूची बनाएको उनले बताए ।