मोदी भ्रमणलाई लक्षित गरी लुम्बिनी सिगारिदै

425
  •  
  •  
  •  

रुपन्देही २० कात्तिक(ओएनएस): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण नजिकदै गर्दा बुद्ध जन्मस्थल लुम्बिनीलाई सिगार्ने काम शुरु भएको छ ।

सार्क सम्मेलनको अवसरमा भारतिय प्रधानमन्त्री मोदीलगायत भुटानी राजा र श्रीलङकाली प्रधानमन्त्रीले लुम्बिनीको अवलोकन भ्रमण गर्ने भएपछि बिश्व शान्तीको मुहान लुम्बिनीलाई सिगार्ने काम शुरु भएको हो । उनीह मायादेवि मन्दीरको अवलोकन पश्चात अन्य कार्यमा सहभागी हुने बताइएको छ ।

भारतिय प्रधानमन्त्री मोदी बिशेष हेलिकप्टरबाट लुम्बिनीमा आउने कार्यक्रम रहेको छ । लुम्बिनी बिकास कोषका बरिष्ठ ईन्जीनियर सरोज भट्टराईले मोदी भ्रमणलाईलक्षित गरेर पबित्र उद्यान क्षेत्रमा रहेका ठुला ठुला ४ वटा पोखरी, सर्कुलर लेवी तथाकेन्द्रिय नहर सफा गर्ने काम शुरु भईसकेको जानकारी दिए ।
मायादेवीमन्दीरमा पनि रङ रोवन गर्नें बताए । समग्र लुम्बिनीको सरसफाई र भारतिय प्रधानमन्त्री सहित भुटानी राजा र श्रीलङकाली

प्रधानमन्त्रीको भ्रमणका लागि सरकारसंग १ करोड ५ लाख रुपैया माग गरेको बताए । तर सकारले अहिलेसम्म सो रकम उपलब्ध नगराएको कोषले जानकारी दिएको छ ।

सरकारले उपलब्ध गराए त्यही रकम खर्चेर कार्यक्रम गर्ने नभए आफ्नो आन्तरिक बजेटबाट कार्यक्रम सम्पन्न गर्ने सोचमा कोष पुगेको छ । लुम्बिनीमा मोदी भ्रमणका लागि गरिने सबै तयारी तिब्र गतिमा अघि बढाईएको कोषले जानकारी दिएके छ ।

 


  •  
  •  
  •  

Comments are closed.