समाचार टिप्पणी :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर, लुम्बिनी र मुस्ताङ भ्रमण स्थगित गरेको समाचारपछि अखबारहरुले लेखे, ‘मोदीका धार्मिक भ्रमण रद्द ।’ मोदीको आध्यात्मिक पृष्ठमूमि, भारतीय जनता पार्टीको हिन्दूत्वमा आधारित दर्शन र पशुपतिनाथमा साउने सोमबारमा गरेको पूजाले उनी जनकपुर, लुम्बिनी र मुक्तिनाथ अवश्य धार्मिक तीर्थाटनमै जान खोजेको बुझिनु अनौठो पनि होइन । तर, के मोदी जनकपुरमा विशुद्ध जानकी माताको दर्शन, लुम्बिनीमा बुद्धको जन्मस्थल र मुस्ताङमा मुक्तिनाथ बाबाको आशिर्वाद थाप्न मात्र जान खोजेका थिए त ? यस प्रश्नको उत्तर खोज्न केही उनको भ्रमण सन्दर्भ, भ्रमणस्थल र भूराजनीतिक पक्षबाट हेर्नुपर्छ ।
भारतको नजरमा मुस्ताङ सामरिक महत्वका दृष्टिले यी सबैभन्दा अगाडि छ । जहाँ, चिनियाँहरुलाई चियाउन सकिन्छ । पश्चिमाहरुको चलखेल नियाल्न सकिन्छ ।
विवादमा परिने भएपछि उनले आन्तरिक कारण देखाउँदै धार्मिक भनिएका ती उपत्यकाबाहिरका भ्रमण रद्द गरिए पनि उनी फेरि ती ठाउँको दर्शन गर्न आउने वाचा गरेका छन् । अहिलेसम्म उनी वाचाका पक्का देखिँदै पनि आएका छन् । पछिल्लोपल्ट कुन सन्दर्भमा यी तीन तीर्थ रोजे त्यो हेरौँ । उनी खासमा आउन लागेको सार्क शिखर सम्मेलनमा हो । सार्कमा आउनैपर्ने भएपछि अरु पनि एकाध काम लिएर किन नआउने ? त्यसैले केही परियोजनाको पीटीए, पीडीए र अरु सम्झौता गर्ने द्विपक्षीय कार्यसूचीको लामै फेहरिस्त पनि ल्याउँदै छन् ।
यति मात्र होइन, यी द्विपक्षीय एजेन्डाले उनलाई पुगेन । त्यसैले जानकी माताको दर्शन, रामको जन्ती, बुद्धको जन्मस्थल र मुक्तिनाथ बाबाको आशिर्वाद थाप्न काठमाडौँबाहिरका हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म दौडाहा जान खोजे । यसको सोझो अर्थ हो, सार्कबाट पूरै विमुख नभए पनि तत्कालको लागि भारतीय प्राथमिकता सार्क होइन । उसको प्राथमिकता अन्यत्रै छ भन्ने कुराको स्पष्ट संकेत मोदीको भ्रमणतालिकाले गरेको छ ।
२०६२÷६३ पछि संविधानसभामा भारतीय पुट र प्रोत्साहन पाएका केही क्षेत्रीय, जातीय र उग्रवादी संगठनहरुले काठमाडौँको राजनीतिलाई हायलकायल पारेका थिए । दोस्रो संविधानसभा निर्वाचनपछि त्यस्ता संकगठनहरुको दम कम भएको छ । अझ मोदीको अघिल्लो भ्रमणले प्रायः भारतीय संस्थापनप्रति आलोचनात्मक धारणा राख्ने पहाडी र हिमाली क्षेत्रको जनजीवनमा समेत एक प्रकारको मोदी सम्मोहन पैदा भयो । उनले कुनै जातीय र क्षेत्रीय संगठनहरुसँग विशेष लगाव देखाएनन् ।
कतिसम्म भने मधेसवादी क्षेत्रीय राजनीतिक दलका नेताहरुसँगको भेटमा राष्ट्रिय राजनीतिक दलका मधेसी पृष्ठभूमिका नेताहरुलाई समेत राखियो । त्यतिखेर मधेसवादीहरुले मोदीको मधेसनिरपेक्ष भाषण र प्रस्तुतिका रुपमा त्यसलाई व्याख्या गरे । उनीहरुले त्यसैको शोधभर्नाका रुपमा जनकपुर भ्रमणलाई अथ्र्याइरहेका छन् । हो, मोदी पनि किन चुक्थे र शोधभर्नाका लागि । तर, उनी मधेसी र मधेसवादीलाई खुसी पार्ने नाममा पहाडी र हिमालीलाई चिढ्याउन चाहन्नन् ।
केही दिनअघि मात्र भारतीय सेनाका प्रमुख दलवीर सिंह नेपाली सेनाको मानार्थ प्रमुखको उपाधि ग्रहण गर्न आए । उनी त्यसै फर्केनन् । एकपटक मुस्ताङ भ्रमण गर्ने चाहना व्यक्त गरे । कारणमा उनले भने, मोदी भ्रमणको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिन । यहाँनिर प्रश्न उठ्छ, सिंहले मुस्ताङ मात्रै किन रोजे ?
मधेसमा आफ्नो वर्चस्व कायम गर्ने नाममा पहाड र हिमाललाई चिनियाँ र पश्चिमाहरुको जिम्मामा छोड्न चाहन्नन् । अझ लुम्बिनी क्षेत्र त मधेसी मात्र होइन, थारुहरुको पनि उत्तिकै बाक्लो आवादी भएको क्षेत्र हो । त्यसैले नेपाली राष्ट्रियताप्रति आशंकाविहीन तवरले वफादार रही आएका भनेर पहाडीले समेत चिन्ने गरेका तराईका आदिवासी थारुसँग पनि दूरी बढाउन चाहन्नन् । त्यसैले उनले जनकपुर, लुम्बिनी र मुस्ताङ एकैपटक रोजे ।
मोदीले लालकिल्लाको मैदानदेखि संयुक्त राष्ट्रसंघीय महासभामा पटकपटक नेपालको नाम लिएका छन् । नेपालमा जन्मेका गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीको नाम लिएका छन् । उनले जीवनको महत्वपूर्ण कालखण्ड मुस्ताङको दामोदर कुण्ड र धनुषाको जनकपुरमा आध्यात्मिक साधनाका निम्ति बिताएको मानिन्छ । लुम्बिनी क्षेत्रका एक गरीब परिवारका नेपाली मगर युवालाई ‘धर्मपुत्र’का रुपमा ग्रहण पनि गरेका छन् । त्यसैले उनको नेपाल लगाव विशेष छ भन्ने मान्दामान्दै पनि उनी एक चतुर राजनीतिकर्मी पनि हुन् भन्ने पक्ष समेत सँगसँगै आउँछ ।
उनी नेपाल र अरु ससाना छिमेकीहरुसँग मित्रवत् सम्बन्ध नबनाई चीन, अमेरिका र युरोपसँग प्रतिस्पर्धा गर्न सकिन्न भन्नेमा भलिभाँती जानकार छन् । राजनीतिमा अध्यात्मको प्रयोग गर्न सकिन्छ भन्ने कुरा महात्मा गान्धीबाट उनले झनै राम्रोसँग सिकेको हुनुपर्छ । त्यसैले मधेसी र मधेसवासीका मनमा रहेको अमिलो पखाल्दै, त्यसलाई लुम्बिनी भ्रमणबाट सन्तुलित पार्दै मुस्ताङको सामरिक सरगर्मी हेर्न चाहन्छन् ।
यहाँ अर्को उल्लेख्य घटनाले पनि मोदीको तीर्थाटनमा कुन बढी महत्वको पक्ष हो भन्ने बुझ्न सघाउँछ । केही दिनअघि मात्र भारतीय सेनाका प्रमुख दलवीर सिंह नेपाली सेनाको मानार्थ प्रमुखको उपाधि ग्रहण गर्न आए । उनी त्यसै फर्केनन् । एकपटक मुस्ताङ भ्रमण गर्ने चाहना व्यक्त गरे । कारणमा उनले भने, मोदी भ्रमणको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिन । यहाँनिर प्रश्न उठ्छ, सिंहले मुस्ताङ मात्रै किन रोजे ? जनकपुर र लुम्बिनीबारे जानकारी किन लिनुपरेन ? के मोदीको सुरक्षा चुनौती जनकपुर र लुम्बिनीभन्दा मुस्ताङमा बढी छ ? जबकि, भारतीय सीमावर्ती क्षेत्रमा रहेका नेपाली मुस्लिमहरुमा पाकिस्तानी मुस्लिम आतंकवादीहरुको छविछायाँ रहेको ठान्दै भारतले सधैँ शंकाको दृष्टिले हेर्दै आएको छ । त्यस्ता चुनौती मुस्ताङमा पक्कै कम छन् ।
तर, भारतको नजरमा मुस्ताङ सामरिक महत्वका दृष्टिले यी सबैभन्दा अगाडि छ । जहाँ, चिनियाँहरुलाई चियाउन सकिन्छ । पश्चिमाहरुको चलखेल नियाल्न सकिन्छ । नेपालममा पश्चिमा र चिनियाँहरुको प्रभाव बढ्दैबढ्दै भारतसम्म बहन्छ कि भन्ने चिन्ता आजको होइन । पञ्चायतकालमा कोदारी राजमार्ग बनाउँदादेखि काठमाडौँमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त (ओएचसीएचआर) र शान्ति प्रक्रियाका लागि आएको राष्ट्रसंघीय नेपाल मिसन (अनमिन) रहँदासम्मका गतिविधिले नै यो कुरा स्पष्ट पार्छ ।
Comments are closed.