मोदीको भ्रमणबारे नेताहरुको मिश्रित प्रतिक्रिया

317
  •  
  •  
  •  

काठमाडौं, १९ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेनद्र मोदीलाई भेट्न प्रमुख दलसहित मधेसबादी र अन्य साना दलका शीर्ष नेताहरु राजधानीको बौद्वस्थित ह्यात होटलमा पालैपालो गएका थिए । सुरुमा मोदीलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले भेट गरेका थिए ।
सो अवसरमा दुई देशबीचको आपसी लाभ हुनेगरी सम्बन्ध उचाइमा पु¥याउनुपर्नेमा जोड दिएको नेताहरुले बताए ।

नेपाल–भारत उर्जा व्यापार सम्झौता जति छिटो हुनसक्यो त्यति राम्रो हुनेमा भारतीय प्रधानमन्त्रीले जोड दिएको जानकारी दिदै एमाले उपाध्यक्ष भीम रावलले एमालेले सार्कस्तरमा स्थापना हुने बैङकको मुख्य कार्यालय काठमाडौंमा स्थापना गर्नुपर्ने कुरा भेटवार्तामा उठाएको जानकारी दिए । नेपाली कांग्रेसका नेताहरुले भने नेपालको जलस्रोतको उपयोग र विकास निर्माणमा भारतले सकारात्मक सहयोग गर्नुपर्ने,दुबै देशलालाई फाइदा हुनेगरी सहमति सहकार्य गरिनुपर्ने धारणा राखेका थिए ।

कांग्रेस सहमहामनत्री पूर्णबहादुर खड्काले नेपालको जलस्रोतमा भारतीय लगानीका विषयमा छलफल भएको जानकारी दिए ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोलीले १७ वर्षपछि प्रधानमन्त्रीस्तरमा नेपालको भ्रमण गरेकोमा खुशी व्यक्तगर्दै मोदी नेतृत्को भारत सरकारले नेपाललाई सकारात्मक सहयोग र सदभाव गर्नेमा आश्वस्त हुन खोजेको थियो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु राज्य बनाउनुपर्नाका कारण बारे भारतीय प्रधानमन्त्री मोदीलाई प्रष्टिकरण दिएको बुझिएको छ । मोदीसँगको भेटमा मधेसवादी दलका नेताहरुले सम्पन्न नेपालबन्दा मधेस बिपन्न हुन नहुने भन्दै उचित संवोधनको कुरा उठाएका थिए ।सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोका अनुसार हुलाकी राजमार्ग भारतले छिट्टै निर्माण सम्पन्न गर्न मोदीसमक्ष आग्रह गरिएको छ ।


  •  
  •  
  •