दोस्रो दिन मोदी राजनीतिक भेटवार्तामा केन्द्रित

211
  •  
  •  
  •  

काठमाडौँ, १९ साउन (ओएनएस) : नेपालको औपचारिक भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजनीतिक भेटवार्तामा व्यस्त रहने भएका छन् । बिहान पशुपतिको पूजापाठ र राष्ट्रपतिको आयोजनाको दिवाभोज ग्रहणगरेपछि प्रधानमन्त्री मोदीको समय राजनीतिक भेटवार्तामा केन्द्रित हुनेछ ।

पशुपतिनाथको पूजादर्शन सकेर राष्ट्रपति डा रामवरण यादवसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री मोदी राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नेछन् । राष्ट्रपतिसँगको भेटवार्तापछि उनी सोही कार्यालयमा आयोजित दिवाभोजमा सहभागी हुनुहुनेछ । र दिवाभोजपछि अपराह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग बेग्लाबेग्लै भेटवार्तागर्नेछन. भने मधेसी दलका नेताहरुसँग पनि प्रधानमन्त्री मोदीले भेट्ने कार्यक्रम छ । भेटवार्तामा उनी बसेको हाटेल ह्यातमा नै हुनेछ ।

त्यसैगरी नेपालका उद्योगपति, व्यवसायी र नेपाली काँग्रेसका नेताहरुलाई छुट्टाछुट्टै भेटेर नेपालको आर्थिक अवस्थाका साथै राजनीतिक पार्टीका विचार बुझ्नेछन् । कार्यतालिकाअनुसार राष्ट्रपतिदेखि मधेसी दलका नेता सबैसँगको भेटवार्ताका निम्ति भारतीय प्रधानमन्त्रीको आधा घण्टाको समय छुट्याइएको छ । आजै साँझ भारतीय वायुसेवाको विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

शाकाहारी भोजको व्यबस्था

सोमबार पशुपति नाथको दर्शन सकेर प्रधानमन्त्री मोदी राष्ट्रपति कार्यालय शीतल निवास पुग्ने छन् । झण्डै दुई घण्टा राष्ट्रपति कार्यालयमै बिताउने मोदीलाई राष्ट्रपति कार्यालयमा दिबा भोजको आयोजना गरिएको छ । साउने सोमबार पशुपतिको भ्रमण गरेर आउने भएकोले मोदीको लागि राष्ट्रपति कार्यालयले ‘शुद्ध शाकाहारी’ भोजनको व्यबस्था गरेको छ ।

३० जना भीआइपीका लागि सोल्टी होटल मार्फत शाकाहारी भोजको व्यबस्था गरिएको छ । राष्ट्रति कार्यालयले ३० जना भीआईपीको लागि सोल्टी होटलबाट शाकाहारी भोजनको व्यवस्था गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।


  •  
  •  
  •