भारतीय प्रधानमन्त्री मोदी ‘टाइम अफ दी इयर’को दौडमा सबैभन्दा अगाडि

443
  •  
  •  
  •  

modiकाठमाडौ, २२ मंसिर(एजेन्सी) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी टाइम म्यागाजिन ‘टाइम पर्सन अफ दी इयर’को दौडमा सबैभन्दा अगाडि रहेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नरेन्द्र मोदी अनलाइन भोटिङमा अमेरिकाका दंगा पीडित शहर फर्ग्युसनको प्रदर्शनकारीहरूभन्दा निकै अगाडि छन् । अनलाईन भोटिङ शनिबार राती बन्द गरिएको छ । टाइम म्यागाजिनको वेवसाइटमा दिइएको आकडा अनुसार भोटिङ हुँदासम्म ९.२ प्रतिशत भोट भएका फर्ग्युसनका प्रदर्शनकारीभन्दा मोदी करिब १६.२ प्रतिशत भोटले अगाडि थिए ।

 टाइम म्यागाजिनले सम्पादक पर्सन अफ द इयरको चुनाव गर्ने र पाठकहरूको भोटको नतिजा आज अर्थात् डिसेम्वर ८ मा गरिने बताइएको छ । टाइम म्यागाजिन १९२७ देखि हरेक वर्ष पर्सन अफ दी इयरको घोषणा गर्दै आएको छ । यसमा ती मानिसहरूलाई समावेश गरिन्छ, जसले समचारहरुलाई सबैभन्दा बढी प्रभावित गरेका छन् । समाचारको कारण राम्रो होस् या नराम्रो यसले कुनै असर गर्दैन ।

विश्व मञ्चमा पहिलो पटक अगाडि आएका नेताको श्रेणीमा मोदी ६९ प्रतिशत भोटका साथ अगाडि रहेको बताइएको छ । इन्डोनेसियाका नयाँ राष्ट्रपति जोको विडोडो दोस्रो नम्बरमा रहेका छन् । यस्तै, तेस्रो नम्बरमा हङकङका लोकतन्त्र समर्थक छात्र आन्दोलनका युवा नेता जोशूआ वोङ्ग छन्, जसको उमेर मात्र १८ वर्ष रहेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा ११ औ स्थानमा छन् र उनले २.२ प्रतिशत भोट पाएका छन् ।


  •  
  •  
  •