मोदीलाई ‘थ्रेट’ दिने प्रहरी थुनामा

94
  •  
  •  
  •  

काठमाडौं ११ भदौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा शंकास्पद गतिविधिमा संलग्न २ जना बंगलादेशी नागरिक पक्राउ परेको खुलेको छ । १९ साउनमा पशुपति मन्दिरबाट पक्राउ परेका उनीहरु अझै प्रहरी हिरासतै छन् । मोदी पशुपति मन्दिरको दर्शनमा गएका बेला शंकास्पद गतिविधि गर्ने बंगलादेशी नागरिकद्धय हसाइम इस्लाम र रियल मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मुस्लिम धर्मावलम्बी भएपनि हिन्दू धर्मको पर्चा बाँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अनुसन्धानका क्रममा इस्लाम र मियाँ बंगलादेशी नागरिक भएको खुलेको थियो । उनीहरुले नेपाली नागरिकतासमेत लिइसकेको अनुसन्धानबाट पत्ता लागेको हो ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •