नीतीश-लालुको टिमद्वारा मोदी टिम क्लिन बोल्ड

136
  •  
  •  
  •  

nitish-laluकाठमाडौँ, २२ कात्तिक(एजेन्सी) : बिहारको विधानसभा निर्वाचनमा लालू-नीतीशको महागठबन्धनले बहुमत हासिल गरेको छ । आइतबार आएको नतिजा अनुसार महागठबन्धनले २ सय ४३ सिट रहेको बिहारको विधानसभामा १ सय ७८ सिटमा जित हासिल गर्दै बहुमत हासिल गरेको छ ।

विपक्षमा रहेको सत्तारूढ भारतीय जनता पार्टीको गठबन्धन एनडीएले मात्र ५८ सिटमा जित हासिल गरेको छ । यस हिसाबले हेर्ने हो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी बिजेपी १ सय २० सिटले पछाडि परेको छ । बहुमतका लागि मात्र १ सय २२ सिट आवश्यक पर्ने अवस्थामा नीतीश-लालुको गठबन्धनले १ सय ७८ सिटमा जित हासिल गरेपछि मोदीको क्रेज कतिसम्म घटेको छ भन्ने देखिएको छ । 

जितका साथै नीतीश कुमारले बिहारमा ह्याट्रिक गरेका छन् । महागठबन्धनलाई पूर्ण बहुमत मिलेको छ । बिहारमा बहुमत हासिल गरेपछि पत्रकार सम्मेलन गर्ने नीतीशले यो जित बिहारका जनताको जीत भएको बताएका छन् । उनले भने, ‘महागठबन्धनलाई बिहारको जनताले एकमुष्ट समर्थन दिएका छन् । सोही परिणाम तपाईहरूको सम्मुख छ । यसअघि महागठबन्धन र एनडीएबीच बराबरीको टक्कर हुनेछ भन्ने अनुमान भइरहेको थियो । तर, बिहारका जनताले हामीलाई समर्थन गर्दा यस्तो परिणाम आउन सक्यो ।’

उनले आफूहरूलाई सबै क्षेत्र, जातका, धर्मका मानिसले समर्थन गरेको बताएका छन् । उनले महागठबन्धनले निकै एकताका साथ आफ्नो काम गरेका कारण यसलाई जनताको स्पष्ट समर्थन मिलेको बताएका छन् ।


  •  
  •  
  •