भाषणमात्रै होइन काम पनि सुरू गरे मोदीले, के छन् १० योजना ?

83
  •  
  •  
  •  

modi-in-lalkillaकाठमाडौ, १३ भदौ(एजेन्सी) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनधन योजनाको सुरूवात गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीको योजना अनुसार खाता खोल्ने सबै परिवारलाई ५ हजार भारतीय रूपैयाँको ओभरड्राफ्टको सुविधा दिइने छ, एटिएम कार्ड पाउनेछन् र बीमा पनि गरिनेछ ।

मोदीको योजनाको सुरूवात गरेपछि मोदीको १० प्रमुख कुराहरूः
१. यस योजनाको नाम दिनका लागि जसलाई पुरस्कार दिइएको थियो उनीहरू गैर हिन्दी भाषी हुन् र नाम उनले हिन्दीमा दिइएको थियो । यो राष्ट्रिय एकता हो ।

२. एक साथ ७७ हजार ठाऊँमा एक साथ कार्यक्रम, एक साथ सबै राज्यका मुख्यमन्त्रीहरूलाई लिएर कार्यक्रम गर्नु भारत सरकारको लागि पहिलो अनुभव हो ।

३. डेढ करोड खाता खोल्नु बैकको इतिहासमा एक रेकर्ड हुनेछ । बीमाको इतिहासमा कुनै पनि समय १.५ करोड मानिसको एक साथ दुर्घटना बिमा भने दिइने छैन् ।

४. ४० प्रतिशत मानिसले अर्थव्यवस्थाको लाभ लिन सक्दैनन् भने कसरी गरिबी हटाउने काम कसरी गर्न सक्छन् । महात्मा गान्धीले सामाजिक छुवाछुतलाई मेटाउने काम गरे, हामी गरिबीबाट मुक्ति पाउनुछ भने आर्थिक छुवाछुतबाट मुक्ति पाउनै पर्छ ।

५. यो काम २६ जनवरीसम्म पूरा गरिनेछ ।

६. हाम्रो रूपैयाँ कार्ड पुरै विश्वमा चल्नेछ । यस कार्डले गरीबधनीको खाडल कम गर्नेछ ।

७. स्वतन्त्र भएको ६८ वर्षपछि पनि ६८ प्रतिशत जनतासँग बैकको खाता छैन् ।

८. २६ जनवरीसम्म खाता खुलाए ३० हजारको अतिरिक्त अकस्मात बीमा गरिनेछ ।

९. राज्यको जिम्मेवारी हुन्छ कि हरेक मानिससम्म वित्तीय सेवा पुर्याउनुपर्छ ।

१०. यी खाता भ्रष्टाचारको विरूद्ध लड्ने हतियार हो ।


  •  
  •  
  •