नेपालमा ‘HIT’ पछि भारतमा नरेन्द्र मोदीको ‘थ्री-ई’

277
  •  
  •  
  •  

काठमाडौ, २३ साउन(एजेन्सी) : प्रधानमन्त्री नरेन्द्र मोदी स्वतन्त्रता दिवसका अवसरमा लाल किल्लामा सम्बोधन गर्ने तयारीमा लागेका छन् । उनले उक्त सम्बोधनलाई खास बनाउनका लागि कुनै कसर बाकी नराख्ने पक्षमा देखिएका छन् ।

modiयसका लागि उनले ४ मन्त्रीलाई भाषणको रूपरेखा तयार पार्न लगाएका छन् । उनले भाषणलाई थ्री-ई अर्थात् एजुकेशन, इम्प्लोइमेन्ट र इनर्जी केन्द्रित रहने छ । मन्त्रीहरूको समितिको अध्यक्ष रसायनमन्त्री अनन्त कुमार रहेका छन् ।

कानून मन्त्री रवीशंकर प्रसाद, उर्जा मन्त्री पीयुष गोयल तथा मानव संसाधन विकास मन्त्री स्मृति इरानी सदस्य छन् । यस समितिको बिहिबार बैठक बसेको छ । उक्त बैठकमा मोदीको भाषणमा हुने मुख्य बुँदाहरूका विषयमा छलफल भएको थियो । समितिका सदस्यहरू सबैले आ-आफ्नो हिसाबले प्रतिवेदन तयार गरेर प्रधानमन्त्रीलाई विस्तृतमा बताउँनेछन् । उनीहरूले उक्त प्रतिवेदनलाई प्रधानमन्त्रीका समक्ष प्रस्तुतीकरण गर्नेछन् । यसपछि मोदीका सुझावका आधारमा प्रतिवेदनलाई परिवर्तन गरिनेछ ।

यसभन्दा पहिले मोदीले नेपाल भ्रमणका क्रममा ‘HIT’ को मन्त्र प्रयोग गरेका थिए । जसमा एच हाइवे, आई इन्फरमेशन र टी टेक्नोलोजी रहेका थिए ।

मोदीले पछिल्ला दिनमा सबै मन्त्रालयलाई १५ अगस्तका दिन ठूला योजनाहरूमा काम सुरू गर्न निर्देशन दिएका थिए । उनले स्वतन्त्रता दिवसमा गर्ने भाषणका क्रममा सबैको साथ र सबैको विकास’ लाई मुख्य नारा बनाउने बताइएको छ ।

के हो थ्री-ई ?
इम्प्लोइमेन्टः इलाहाबादको नजिकै जगदीशपुरबाट हल्दियासम्म ग्याँस पाइपलाइन योजनाका बारेमा मोदीको भाषण केन्द्रीत रहने छ । यो सर्किट उत्तर प्रदेश, बिहार, झारखण्ड र बंगालको बीचमा बनाउने प्रस्ताव राख्ने तयारी गरिएको छ । यसमार्फत मोदी चार राज्यमा रोजगारको नयाँ अवसर प्रदान गर्न सफल हुनेछन् ।

इनर्जीः ऊर्जा मन्त्रालयको नयाँ योजनामा मोदीले निकै चासो देखाएका छन् । उनले हरेक गाउँमा बिजुली पुर्याउने प्रतिबद्धता व्यक्त गर्न सक्छन् ।

एजुकेशनः युवतीहरूको शिक्षामा मोदी निकै ध्यान दिने भएका छन् । उनले देशभर राम्रा शिक्षक तयार गर्ने प्रतिबद्धता व्यक्त गर्न सक्ने बताइएको छ ।


  •  
  •  
  •